Logo

कांग्रेस शीर्ष नेताको बैठक आज बस्ने


काठमाडौं । वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले बुझाएको विरोध पत्रमा छलफल गर्न नेपाली कांग्रेस शीर्ष नेताको बैठक आज बस्ने भएको छ।

सोमबार बसेको बैठक बिना निष्कर्ष टुंगिएको थियो। सांसद सूर्यबहादुर केसीको निधनले मंगलबार बोलाइएको बैठक स्थगित भएको थियो।
वरिष्ठ नेता पौडेल पक्षले असोज १२ मा सभापति शेरबहादुर देउवाले गरेका निर्णय विधानविपरीत रहेको भन्दै विरोध पत्र बुझाएको थियो। १६ बुँदे विरोधपत्रको वरिपरि रहेर समाधान खोज्नुपर्ने पौडेल पक्षको माग छ। देउवा पक्ष विगतका निर्णय विधानमा टेकेर भएको दाबी गर्दै निर्णय नसच्याउने पक्षमा छ। सोमबारको बैठकमा उपसभापति विमलेन्द्र निधि र महामन्त्री पूर्णबहादुर खड्काले विगतका निर्णय विधानको अधीनमा रहेर भएको प्रस्ट्याएका थिए। निधि र खड्काको जवाफले पौडेल पक्ष सन्तुष्ट हुन् सकेको छैन।

शुक्रबारदेखि केन्द्रीय समितिको बैठक बोलाइएको छ। बैठकबाट महाधिवेशनको नयाँ कार्य तालिका र सरकारविरुद्ध विरोधका कार्यक्रमकाे निर्णय गराउन संस्थापन पक्ष लागेको छ। पौडेल पक्षले आफ्ना मागलाई प्राथमिकतामा राख्न दबाब दिँदै आएको छ।
विभाग गठन, क्रियाशील सदस्यता वितरण, फरक दलबाट आएकाको समायोजन र क्रियाशील सदस्यता,भातृ संस्थाको पदावधि लगायतमा पार्टीभित्र विवाद छ।

प्रकाशित मिति : बिहीबार, २० कार्तिक २०७७ ०९:५०
प्रतिक्रिया दिनुहोस्
24/7 Live Streamživé statistikyinformazioni Crazy TimeCoin Flip bonusvanliga frågorwatch live statsRoyal Reels mobileWingaga CZ