Logo

संसद विघटनबारे तटस्थ बस्नेहरुलाई असिम राईको दनकः अहिले ओली राम्रो कि प्रचण्ड–नेपाल राम्रो होइन जनता बन्ने कि दास भन्ने बहस हो !


सोलुखुम्ब (लिखुपिके) २४ पुस २०७७ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का प्रभावशाली यूवा नेता तथा थुलुङ दुधकोशी गाउँपालिकाका अध्यक्ष असिम राईले अहिले केपी ओली ठीक कि प्रचण्ड ठीक भन्ने समय नभई आफु नागरिक बन्ने कि रैती बन्ने, जनता बन्ने कि दास बन्ने बहस भएको बताउनुभएको छ ।

प्रधानमन्त्री केपी ओलीले गरेको संसद विघटनविरुद्ध नेकपा प्रचण्ड नेपाल पक्षले लिखुपिके गाउँपालिकामा शुक्रबार आयोजना गरेको विरोध सभालाई सम्बोधन गर्ने क्रममा नेता राईले नाम र घामको बारेमा पनि आफ्नो स्पष्ट धारणा राख्नुभएको छ । उहाँले सो कार्यक्रममा राख्नुभएको भनाइको एउटा अंश हेर्नुस्ः

ओली ठीक कि प्रचण्ड–नेपाल भन्ने बहस्ः
‘मलाई अलिक ताजुव लागेको छ । केही साथीहरु लुकेर बस्नुभएको छ । अहिलेको समय भनेको खड्कप्रसाद ओली राम्रो कि प्रचण्ड माधव नेपाल राम्रो भन्ने कुरै होइन । यो नागरिक बन्ने हो कि रैती बन्ने हो भन्नेमात्र हो । जनता बन्ने हो कि दास बन्ने भन्ने हो । आफ्नो अधिकार प्राप्त गर्नको लागि संघर्ष गर्ने हो । बाहिर निस्किने हो कि भित्र लुकेर अवसर खोज्ने भन्ने हो । अवसर आयो भने म त्यता आउँछु ।केन्द्रीय सदस्य पाएभने म त्यता लाग्छु । अर्को चुनावमा टिकट पाएभने म आउँछु भन्ने केही चरम अवसरबादी साथीहरु पनि यो जिल्लामा देख्ने गरेका छौं । मलाई दया लागेर आउँछ । जो मान्छे दास बन्न तयार छ । जो मान्छे आफ्नो अधिकार खुट्याउँदैन । चिन्दैन । त्यो मान्छे आज बीचमा बसेको छ । मैले साथीहरुलाई अनुरोध गर्न चाहान्छु । पहिला तपाई नागरिक बन्नको लागि सचेत हुनुस् । तपाईको बुद्धिको त्यो विर्को खुलोस । तपाई आज २१ औं सताब्दीको नागरिक हो भने कुनै पदसँग तपाईको मर्यादा, तपाईको आफ्नो अधिकारसँग सम्झौता गर्नुहुन्न । पद भनेको त संघर्षबाट प्राप्त गर्ने कुरा हो । पद व्यक्तिले खोज्ने होइन पद जनताले खोज्ने हो । ठाउँले खोज्ने हो भन्ने हिसाबले यो सोलुखुम्बुमा कम्युनिष्ट पार्टीमा लाग्नुभएको साथीहरु कोठामा लुकेर बस्नुभएको छ । अब कित्ता क्लियर गर्नुहोला । तपाई यो संघर्षको बेलामा कित्ता क्लियर नगरेर बीचमा बस्नुभयो र भोली अवसर आउँदामा खेरी तपाई सबैभन्दा क्रान्तिकारी म हुँ भनेर आउनुभयो भने हामीले तपाईलाई लोपार्नुपर्ने अवस्था आउन सक्छ । त्यो हिसाबले यो तपाईकै अधिकार कुण्ठित गर्ने एक किसिमको चरम तानशाहको अभ्यास ओलीले गरेका छन्, यसको घोर भण्डाफोरका लागि मैदानमा आउनुस् संघर्ष गरौं । संघर्षबाटै अहिलेसम्म प्राप्त उपलब्धिहरुको रक्षा गर्नुपर्छ । र थप अधिकार प्राप्तिको लागि पनि हामी अगाडि बढ्नुपर्छ ।’

नाम र घामको सन्दर्भः
‘यहाँ नाम र घामको विषयमा अलिक कन्फ्यूज भइरहेको जस्तो पनि मलाई लागिरहेको छ । म भन्न चाहान्छु नाम र घाम पनि महत्वपूर्णै हो तर, त्यो भन्दा बढि प्रक्रिया र विधि हो । त्यस हिसाबले हामी त्यसैमा मात्र झुम्मेर बस्नु हुन्न । यदी यहाँ संविधानलाई मान्ने हो भने, यदी यहाँ अदालतलाई मान्ने हो भने अनि यहाँ निर्वाचन आयोगलाई मान्ने हो भने पार्टीको नाम र घाम दुइटै हाम्रै हो । किनभने हामी आधिकारिक कम्युनिष्ट पार्टी हौं । पार्टी एकता भएको बेला ४४१ जना केन्द्रीय सदस्यमध्ये ३१५ जना केन्द्रीय सदस्यले छातीमा आफ्नो नाम टाँगेर हामी यहाँ छौं भनेर निर्वाचन आयोगलाई दिइसकेका छन् । यो संविधानमा प्रधानमन्त्रीको सनकमा संसद विघटन गर्न मिल्ने कुनै अधिकार छैन, परिकल्पना नै छैन । यदी न्यायलयले संविधानको व्याख्या र विश्लेषण गर्ने हो भने यो कुनैपनि हालतमा सबै चिज हामीले प्राप्त गर्छौ । यदी यो देश सेटिङमै चलेको हो भने यदी यो देश पैसामै चलेको हो भने अथवा देशी विदेशी प्रतिक्रियावादी शक्तिहरुकै इसारामा चलेको हो भने यहाँ जे पनि हुन सक्छ । त्यसको लागि पनि हामी तयार हुनुपर्छ । कानुनी रुपमा खड्कप्रसाद ओलीको पक्षमा न कुनै संविधान विद देखिन्छ न सचेत यूवाहरु देखिन्छ न पत्रकार देखिन्छ न नागरिक समाजका अगुवाहरु देखिन्छ न कुनै राजनीतिक दलका कोही मान्छे देखिन्छ । जवर्जस्ती कुनै मान्छेको सन्कीमा देशी विदेशी प्रतिक्रियावादीहरुको उक्साहटमा यो कदम भएकोले यसको जति निन्दा गरेपनि कम्ती हुन्छ । तसर्थ सोलुखुम्बुमा यो असंवैधानिक कुको विरुद्ध एकसाथ भएर जहिलेसम्म यो केपी ओलीले सच्चयाउदैनन् त्यत्तिखेरसम्म लड्ने उद्घोष गर्दछु ।’

 

प्रकाशित मिति : शुक्रबार, २४ पुष २०७७ १६:१६
प्रतिक्रिया दिनुहोस्
24/7 Live Streamživé statistikyinformazioni Crazy TimeCoin Flip bonusvanliga frågorwatch live statsRoyal Reels mobileWingaga CZ