नेकपा सोलुखुम्बुको जोड-घटाऊ : यस्तो छ ग्राउण्ड रियालिटी !
काठमाडौं । तत्कालिन एमाले र माओवादी केन्द्र एकतापछि बनेको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सोलुखुम्बुबाट दुई जना केन्द्रीय सदस्य, १३ जना प्रदेश कमिटी सदस्यका साथै १ सय ३७ जनाको जिल्ला कमिटी र ४५ जनाको सचिवालय गठन गरिएको थियो । त्यस्तै केहीबाहेक अधिकांश भातृ तथा जनवर्गीय संगठनहरुको समेत एकता भेला भएर संयुक्त नेतृत्वसहितको संगठन निर्माण भइसकेको थियो ।
तर, पछिल्लो पटक ओली पक्ष र माधव–प्रचण्ड पक्षमा विभाजित भएपछि नेकपा सोलुखुम्बु जिल्लाको अवस्था कस्तो छ ?, पार्टीको समानान्तर संगठन निर्माणकै चरणमा पुगिसकेको दुई वटा समुह बनेपछि को कुन समुहमा लागे ?, पार्टीसम्बद्ध संगठनहरुको नेतृत्व कसको पक्षमा उभिए ? जिल्लाका जनप्रतिनिधिहरु कुन समुहमा छन् ? को को तटस्थ बसेका छन् ?
यो समाचार तायार पार्दासम्म विस्तृतमा यस्तो छ नेकपा सोलुखुम्बुको वर्तमान ग्राउण्ड रियालिटीः
#सोलुखुम्बुबाट जम्मा केन्द्रीय सदस्यः २ जना
(दुबै जना प्रचण्ड माधव समुहमा खुलेको)
#जिल्ला ईन्चार्जः प्रचण्ड माधव पक्ष
#प्रदेश कमिटी सदस्य जम्माः १३ जना
प्रचण्ड–माधव पक्षमा लागेका प्रदेश कमिटी सदस्यः ८ जना
ओली पक्षमा लागेको प्रदेश कमिटी सदस्यः ४ जना
अहिलेसम्म दुवै पक्षमा नखुलेका प्रदेश कमिटी सदस्यः १ जना
#जिल्ला कमिटी सदस्य जम्माः १३७ मध्ये १ जनाको मृत्यु भएकोले १३६ जना
प्रचण्ड–माधव पक्षमा लागेका जिल्ला कमिटी सदस्यः ७५ जना
ओली पक्षमा लागेको जिल्ला कमिटी सदस्यः ५२ जना
अहिलेसम्म कुनैपनि पक्षमा नखुलेको जिल्ला कमिटी सदस्यः १० जना
#जिल्ला सचिवालय सदस्य जम्मा ४५ जनामध्ये १ जनाको मृत्यू भएकोले ४४ जनाः
प्रचण्ड माधव पक्षः २५ जना
ओली पक्षः १८ जना
अहिलेसम्म तटस्थः १ जना
#जिल्लाको ८ वटा स्थानीय तहका पार्टी अध्यक्षः
प्रचण्ड माधव पक्ष: माप्य दुधकोशी गाउँपालिका, थुलुङ दुधकोशी गाउँपालिका, महाकुलुङ गाउँपालिका र लिखुपिके गाउँपालिकाका गरी ४ जना
ओली पक्ष: सोलु दुधकुण्ड नगरपालिका, नेचासल्यान गाउँपालिका र सोताङ गाउँपालिकाका गरी ३ जना
अहिलेसम्म तटस्थ: खुम्बु पासाङल्हामु गाउँपालिकाको
#जिल्लाको ८ वटा स्थानीय तहका पार्टी सचिवः
प्रचण्ड-माधव पक्ष: ५ जना
ओली पक्ष: २ जना
अहिलेसम्म तटस्थ: १ जना
#जनवर्गीय संगठनः
राष्ट्रिय यूवा संघको संयोजकः प्रचण्ड माधव पक्ष
राष्ट्रिय यूवा संघको सहसंयोजकः ओली पक्ष
अनेरास्ववियू संयोजकः ओली पक्ष
अनेरास्ववियू सहसंयोजकः प्रचण्ड माधव पक्ष
प्रेस संगठन नेपाल संयोजकः प्रचण्ड माधव पक्ष
जनसाँस्कृतिक महासंघ, नेपाल संयोजकः प्रचण्ड माधव पक्ष
जनसाँस्कृतिक महासंघ, नेपाल सहसंयोजकः ओली पक्ष
शिक्षक संगठनको एकता भेला नभइसकेको भएपनि तत्कालिन एमालेनिकट नेपाल राष्टिय शिक्षक संगठन अध्यक्ष र तत्कालिन माओवादी केन्द्रनिकट एकीकृत अखिल नेपाल क्षिक संगठनको अध्यक्ष प्रचण्ड माधव पक्षमा खुलेका छन् ।
#जिल्लाका जनप्रतिनिधिहरुः
संघीय सांसद जम्मा १ जना: प्रचण्ड माधव पक्ष
प्रदेश सांसद जम्मा २ जनाः ओली पक्ष
#जम्मा ८ स्थानीय तहमध्ये ६ गाउँपालिका नेकपाले जितेकोमाः
४ गाउँपालिका अध्यक्षः प्रचण्ड माधव पक्ष
२ गाउँपालिका अध्यक्षः ओली पक्ष
#जम्मा ४ जना गाउँपालिका उपाध्यक्ष र १ जना नगरपालिका उपमेयर नेकपाले जितेकोमाः
१ जना गाउँपालिका उपाध्यक्षः प्रचण्ड माधव पक्ष
२ जना गाउँपालिका उपाध्यक्षः ओली पक्ष
१ जना गाउँपालिका उपाध्यक्षः तटस्थ
नगरपालिका उपमेयरः ओली पक्ष