Logo

ओली– नेपाल समूह वार्ता : दुबै पक्ष आआफ्नै अडानमा, २८ गतेको निर्णय फिर्ता नहुने


काठमाडौं । नेकपा एमालेको अध्यक्ष केपी शर्मा ओली र झलनाथ खनाल-माधवकुमार नेपाल समूहबीच सम्वाद सुरु भएको छ ।

सोमबार पार्टी कार्यालय धुम्बाराहीमा शीर्ष नेताहरुबीच भएको वार्तामा दुबै पक्षले आ आफ्नो धारणा राखेका छन् ।

अध्यक्ष ओलीले २८ गते गरेको पार्टी निर्णय फिर्ता नहुने स्पष्ट पारेका छन् ।

नेता माधवकुमार नेपालसहित धुम्बाराहीमा भएको छलफलमा ओलीले यस्तो अडान राखेका थिए ।

बैठकमा नेपाल पक्षले २८ गते बसेको भनिएको केन्द्रीय कमिटीको बैठकको निर्णय फिर्ता लिएको घोषणा हुनुपर्ने सर्त अघि सारेको थियो ।

तर प्रधानमन्त्री ओलीले नेपाल समूहले बोलाएको राष्ट्रिय कार्यकर्ता भेला स्थगन गर्न भनेका थिए ।

sarbottam cement

“आफूले गरेको काम गरिहाल्ने, विधानअनुरुप भए हुने अरुले मानिदिनुपर्ने भन्ने कुरा हामीलाई स्वीकार्य हुँदैन,” छलफलपछि पत्रकारहरुसँग कुरा गर्दै नेता भीम रावलले भने, “२८ गतेको निर्णय रद्ध गर्नुपर्छ । २८ गतेको भनिएको निर्णय स्थगित भयो भने हामी राष्ट्रिय भेला स्थगित गर्न तयार छौँ भन्ने धारणा राख्यौँ तर उहाँ तयार हुनुभएन ।”

प्रकाशित मिति : सोमबार, २ चैत्र २०७७ १४:०८
प्रतिक्रिया दिनुहोस्