Logo

मेगा बैंक एसियाली विकास बैंकको साझेदार


काठमाडौं- मेगा बैंक नेपाल लिमिटेड एसियाली विकास बैंक (एडीबी)को साझेदार बैंक बनेको छ। नेपालका ‘क’ वर्गका वाणिज्य बैंकमध्ये मेगा बैंक एसियाली विकास बैंकको आठौं साझेदार बैंक बनेको
दिगो विकास लक्ष्यका अवधारणाहरूलाई पालना गर्दै सदस्य राष्ट्रका बैंक तथा वित्तीय संस्थाहरूमार्फत साना, मझौला व्यवसाय तथा उत्पादनमुलक उद्योग व्यवसायलाई प्रवर्द्धन गर्ने उद्देश्यले एसियाली विकास बैंकले अन्तरदेशीय व्यापारका लागि ट्रेड एण्ड सप्लाई चेन फाइनान्स प्रोग्राम ल्याएको छ।

नेपालका साना तथा मझौला व्यवसाय तथा उत्पादनमुलक क्षेत्रलाई प्रवर्द्धन गर्ने उद्देश्यले नै मेगा बैंक र एडीबीको यो साझेदारी भएको हो। यो साझेदारीपछि मेगा बैंकमार्फत् अन्तर्राष्ट्रिय व्यापार तथा व्यवसाय गर्ने ग्राहकहरूलाई अब कारोबार गर्न सहज हुने बैंकले जनाएको छ।

सामान आयात तथा निर्यातका लागि प्रतीत पत्र जारी गर्दा एसियाली विकास बैंकले प्रत्याभूति पत्र (ग्यारेन्टी) दिने काम गर्छ। जसले नेपालको व्यवसाय प्रवर्द्धन गर्न मद्दत मिल्नुका साथै रोजगारी सिर्जनामा पनि पनि सहयोग मिल्ने बैंकले विश्वास लिएको छ।

मेगा बैंक नेपाल लिमिटेडकी सिइओ अनुपमा खुञ्जेलीले एडीबीको साझेदार बन्न पाउनु मेगा बैंकका लागि गर्वको कुरा रहेको बताइन्। मेगा बैंकका ग्राहकहरूलाई अब अन्तरदेशीय व्यवसाय गर्न थप सहज र सरल हुने विश्वास लिइएको उनले बताइन्।

प्रकाशित मिति : बिहीबार, ५ चैत्र २०७७ १६:२०
प्रतिक्रिया दिनुहोस्
24/7 Live Streamživé statistikyinformazioni Crazy TimeCoin Flip bonusvanliga frågorwatch live statsRoyal Reels mobileWingaga CZ