माधव कुमार नेपालसहित यी ५ नेता कारवाहीमा
नेकपा एमालेको केन्द्रीय कमिटी बैठकले माधव कुमार नेपाल सहित ५ जनालाई स्पष्टिकरण सोध्ने निर्णय गरेको छ ।
नेपाल, भीम रावल, घनश्याम भुसाल, सुरेन्द्र पाण्डे र रामकुमारी झाक्रीलाई स्पष्टीकरण सोध्ने निर्णय गरिएको हो ।
बालुवाटारमा बसेको बैठकले पार्टी हितविरुद्ध काम गरेको, नेतृत्व र पार्टीलाइ खुइलाउन र सरकारको बदनाम गराउ गुटगत भेला गरेको भन्दै स्पष्टीकरण सोध्ने निर्णय गरेको हो । बैठकले संघीय तथा प्रदेशसभाका समानुपातिक सांसदहरुको बन्दसूचीमा रहेको नाम हाटाउने, राख्ने या हेरर्फेर गर्ने अधिकार प्रधानमन्त्रीलाई प्रत्यायोजन पनि गरेको छ ।
यस्तै, पार्टी केन्द्रीय कमिटी तथा मातहत कमिटीको सदस्यहरुको बिदाइ, मनोनयन तथा कारबाही गर्ने अधिकार प्रत्यायोजन गरिएको छ ।
बैठकले अदालत, निर्वाचन आयोग र अन्य आधिकारिक निकायमा पार्टीको तर्फबाट गरिने सबै कामको अख्तियारी पार्टी अध्यक्षलाई दिने निर्णय पनि गरेको छ ।