Logo

सोताङमा माओवादी केन्द्रको कार्यालय स्थापना, स्थानीय यूवाहरुले गरे पार्टी प्रवेश


सोलुखुम्बु । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र), सोताङ गाउँपालिका र वडा नं ५ को वडा कार्यालय स्थापना गरेको छ । पार्टी सोताङ गाउँपालिका संयोजक दुर्गा राईको अध्यक्षता तथा जिल्ला संयोजक गोम्बु शेर्पा (कज्र्याङ)को प्रमुख आतिथ्यतामा शनिबार पार्टीको कार्यालय स्थापनासँगै प्रशिक्षण भेला सम्पन्न भएको हो ।

सो अवसरमा १० स्थानीय यूवाहरु धर्मराज राई, आस कुबिर राई, होमनाथ गोतामे, रमेश राई, राम प्रसाद राई, टुक कुमार मगर, कृष्ण कार्की, शङखर मगर, बिपन नाछिरीङ, बिक्रम मगरलगायतले माओवादी केन्द्र पार्टी प्रवेश गरेका छन् ।

सो कार्यक्रममा महाकुलुङ गाउँपालिकाका जननिर्वाचित अध्यक्ष सागर किराती र पार्टी जिल्लाका सचिवालय सदस्य अमृता कुलुङ, जिल्ला कमिटी सदस्यहरु दिपक खड्का, शैमान राई, धन कुमार बि.क., मदन राईलगायतको उपस्थिति रहेको थियो ।

यूवा नेता लक्ष्मण मिसन कार्कीले दिनुभएको जानकारीअनुसार उक्त भेलाबाट सोताङ गाउँपालिकाअन्तर्गत सबै वडा पार्टी कमिटीहरुको कार्यालय स्थापनासँगै प्रशिक्षण भेला कार्यक्रमको मिति तय गरिएको छ । निर्णयअनुसार यही चैत्र २२ गते वडा नम्बर ३, चैत्र २३ गते वडा नम्बर १, चैत्र २४ गते वडा २ र चैत्र २५ गते वडा नम्बर ४ को पार्टी कार्यालय स्थापनासँगै प्रशिक्षण भेला कार्यक्रम आयोजना गरिने छ ।

प्रकाशित मिति : शनिबार, २१ चैत्र २०७७ २१:५६
प्रतिक्रिया दिनुहोस्
24/7 Live Streamživé statistikyinformazioni Crazy TimeCoin Flip bonusvanliga frågorwatch live statsRoyal Reels mobileWingaga CZ