राप्छामा माछापुच्छ्रे बैंक शाखारहित बैंकिङ सेवा सुरु
माप्य दुधकोशी गाउँपालिका वडा नम्बर २, राप्छामा माछापुच्छ्रे बैंक शाखारहित बैंकिङ सेवा सुरु गरिएको छ ।
शनिबार एक कार्यक्रमको आयोजना गरि माप्य दुधकोशी गाउँपालिका वडा नम्बर २ राप्छामा बैंकले शाखा रहित बैंकिङ सेवा सुचारु गरेको हो ।
शिखरपोष्ट जिल्ला प्रतिनिधि सुमन खालिङकाअनुसार गाउँपालिका अध्यक्ष बुद्धिकिरण राईको प्रमुख आतिथ्यता र उपाध्यक्ष जुनिता माया रेग्मी मगर, वडा नम्बर २ का वडाध्यक्ष तेज बहादुर मगर, माछापुच्छ्रे बैंकका १ प्रदेश प्रमुख दिपेन्द्र वाग्ले, प्रदेश कार्यालयका उपप्रमुख मुकेश थापा, हिमाल एफका प्रबन्ध निर्देशक भानुभक्त निरौलाको बिशिष्ट आतिथ्यतामा आयोजित एक समारोह आयोजना गरि सेवाको औपचारिक सुरुवात गरिएको हो ।
यस शाखा रहित बैंकले माप्य दुधकोशीको वडा नम्बर १,२ र ३ का स्थानीयलाई वित्तीय सेवा प्रदान गर्नेछ । हाललाई स्थानीय प्रदिप राईलाई बजार प्रतिनिधी व्यवस्था गरि सेवा प्रदान गर्न थालेको हो । यस शाखाले खाता खोल्ने बचत तथा ऋण प्रवाह गर्नेछ ।
ग्रामिण क्षेत्रका नागरिकसम्म वित्तिय पहुँच पु¥याउनका लागि शाखा रहित बैंकिङ सेवा विस्तार गरिएको माछापुच्छ्रे बैंक सोलुखुम्बु शाखाका ब्रान्च म्यानेजर टेक बहादुर बस्नेतले बताए ।
फोटो: कुमार राई