वलीलाई दलका काम कारबाहीमा संलग्न गराउन माओवादी अध्यक्ष दाहालको निर्देशन
काठमाडौँ : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले माओवादी प्रवेश गरेकी दाङ क्षेत्र नं ३ (ख)बाट नेकपाको उम्मेदवार भइ निर्वाचित विमलाकुमारी खत्रीलाई पार्टी दलको सदस्यता प्रदान गर्न लुम्बिनी संसदीय दलका नेता कुलप्रसाद केसीलाई निर्देशन दिएका छन् ।
प्रदेश सभा सदस्य खत्रीले दिएको निवेदन सदर गर्दै दाहालले केसीलाई संसदीय दलको सदस्यता प्रदान गरी काम कारबाहीमा सम्लग्न गराउन निर्देशन दिएका हुन् ।

