व्यवसायिक बाख्रापालक महासंघ सोलुखुम्बुको अध्यक्षमा आङकाजी शेर्पा
सोलुखुम्बु – नेपाल व्यवसायिक बाख्रापालक जिल्ला महासंघ सोलुखुम्बुको अध्यक्षमा आङ काजी शेर्पा चयन भएका छन् । सदरमुकाम सल्लेरीमा शुक्रबार सम्पन्न पहिलो अधिवेशनले शेर्पाको अध्यक्षतामा १६ सदस्यीय जिल्ला कार्यसमिति चयन गरेको हो ।
समितिको उपाध्यक्षमा घनश्याम बास्तोला, सचिवमा मेखराज तामाङ, सहसचिवमा लगन कुमार कुलुङ र कोषाध्यक्षमा बुद्ध लक्ष्मी राई चयन भएका छन् ।
१९ सदस्यीय जिल्ला समिति चयन गर्नुपर्ने भएपनि जिल्लाको लिखुपिके र खुम्बु पासाङ ल्हामु गाउँपालिकाबाट प्रतिनिधि उपस्थित नभएकाले पछि थप गरिने जनाइएको छ ।
अधिवेशनको उद्घाटन सत्रमा बोल्दै जिल्ला समन्वय समितिका प्रमुख कृष्ण प्रसाद निरौलाले अनुदानमा नक्की कृषक हाबी भएकाले नियन्त्रण गर्नुपर्नेमा जोड दिए ।
यस्तै महासंघका केन्द्रीय उपाध्यक्ष निर्मल बस्नेतले मुलुकको समृद्धिको आधार नै कृषि भएकाले सबै कृषकहरु एकिकृत भई व्यवसायीक पशुपालनमा लाग्न आग्रह गरे ।
जसका लागि महासंघ समन्वयत्मक भुमिकामा रहन तयार रहेको बताए । केन्द्रीय सदस्य राधा निरौलाले मुलुकलाई मासुमा आत्मनिर्भर बनाउन व्यवसायीक तवरले बाख्रा पालनमा लाग्न आग्रह गरिन् ।