Logo

मध्य सोलुखोला जलविद्युत आयोजनाको परिक्षण उत्पादन सुरु


सोलुखुम्बु – सोलुखोलामा निर्माण सम्पन्न ९.५ मेगावार्ट क्षमताको मध्य सोलुखोला जलविद्युत आयोजनाले विद्युत परिक्षण उत्पादन सुरु गरेको छ ।

उपकरण परिक्षणको काम सफल भएपछि नेपाल विद्युत प्राधिकरणले निरिक्षण गरेपश्चात गत आईतबारबाट परिक्षण उत्पादन थालेको आयोजनाले जनाएको छ ।

कम्पनीका इलेक्ट्रिकल इन्जिनियर एवं प्लाट इन्चार्ज अनिश खड्काका अनुसार अहिले आयोजनाले ४ मेगावाट विद्युत उत्पादन गरिरहेको छ ।

२०७७ असोजमा निर्माण शुरु भएको १३२ केभी प्रसारण लाईन आयोजनाको पावर हाउसदेखि खोरिया हुँदै सोलु करिडोरको सवस्टेशन तिङलामा जोडिएको छ ।

दुई बर्ष मै निर्माण सम्पन्न भएको अयोजनाको विद्युत गृह सोलुदुधकुण्ड नगरपालिका ६ दोर्पुमा रहेको छ । परियोजनाको निर्माण लागत करिब २ अर्ब रहेको कम्पनीले जनाएको छ ।

१५ दिन सम्म परिक्षण गरेपश्चात बिद्युत बिक्रीका लागि उत्पादन थाल्ने मिड सोलु हाईड्रो पावर लिमिटेडका निर्देशक माधव मैनालीले जानकारी दिए ।आयोजनाले हिउँद सिजनमा ५ मेगावाट मात्रै विद्युत उत्पादन गर्न सक्ने निर्देशक मैनालीले बताए ।

प्रकाशित मिति : मंगलवार, २७ मंसिर २०७९ २०:०२
प्रतिक्रिया दिनुहोस्