Logo

सोलुखुम्बु र खोटाङ जोड्ने सडक कालोपत्रेको थुलुङ दुधकोशी गाउँपालिका अध्यक्ष राईद्वारा शिलान्यास


सोलुखुम्बु । थुलुङ दुधकोशी गाउँपालिकाको नेलेबाट खोटाङको ऐेंसेलुखर्क जोडिने सडक कालोपत्रेको शिलान्याससँगै काम सुरु भएको छ।

सडक पुर्वाधार तथा शहरी विकास मन्त्रालय यातायात पूर्वाधार विकास ओखलढुंगा प्रदेश नं.१ को बजेट व्यवस्थापनमा नेले- तुम्से-कागेलटार-वाचिम-जबु- खनियाँखर्क-ऐंसेलुखर्क सडक कालोपत्रे गर्ने कार्यको शुक्रबार तुम्सेमा आयोजित एक कार्यक्रमकाबीच थुलुङ दुधकोशी गाउँपालिकाका अध्यक्ष अशिम राईले शिलान्यास गरेका हुन् ।

सोको लागि २६ करोड ६९ लाख ७० हजार ५६६ रुपैयाँ कुल लागत रहेको जनाइएको छ ।

संजिवनी निर्माण सेवा प्रालिले जिम्मा लिएको उक्त सडक स्तरोन्नति अन्तर्गत सो सडक खण्डमा नाला, स्टकचर, ग्राभेल र कालो पत्रेसम्मको काम एकै पटक गरिने शिलान्यास कार्यक्रममा जानकारी गराइयो ।

उक्त योजना २०८२ को जेठ ४ गतेभित्र सम्पन्न गर्ने गरी उक्त कम्पनीसंग सम्झौता गरिएको गाउँपालिकाका प्रबक्ता भोजराज कार्कीले जानकारी दिए । कम्पनीले सो बजेटले भ्याउनेसम्म सडक कालोपत्रे गर्ने उनले बताए।

प्रकाशित मिति : शुक्रबार, १ पुष २०७९ १८:४८
प्रतिक्रिया दिनुहोस्