Logo

प्रेस सेन्टर नेपाल सोलुखुम्बुको संयोजकमा अन्जु कार्की


सोलुखुम्बु २१ भदौ । प्रेस सेन्टर नेपाल जिल्ला समन्वय समिति सोलुखुम्बुको विशेष जिल्ला भेलाले अन्जु कार्कीको संयोजकत्वमा ९ सदस्यीय संयोजन समिति गठन गरेको छ । सदस्य सचिवमा मिङमार तामाङ रहनुभएको समितिमा सविना राई, अञ्जिता राई, दोर्जी तामाङ, एलिशा शेर्पा र मनहाङ राई, बेसिक राई सदस्यमा चयन हुनु भएको हो ।

विशेष भेला प्रेस सेन्टर नेपालको १ नम्बर प्रदेश कमिटी अध्यक्ष विनोद घिमिरेको प्रमुख आथित्यतामा सम्पन्न भएको हो । भेलालाई सम्बोधन गर्दै अध्यक्ष घिमिरेले नेपालमा पत्रकारिताको पेशागत हितमा लाग्ने निर्विकल्प संगठन प्रेस सेन्टर मात्र रहेको दाबी गर्नुभयो ।

कार्यक्रममा प्रेस सेन्टर नेपाल केन्द्रीय लेखा आयोगका सदस्य भिम राईले समाज वर्गीय भएकाले प्रेस सेन्टर नेपालका पत्रकारहरुले गरिखाने वर्गको पक्षमा समाचार लेख्नुपर्ने धारणा राख्नुभएको छ । उहाँले पत्रकारितालाई व्यवसायीक बनाउन सिप र दक्षता बढाउन आवश्यक रहेको समेत बताउनु भयो ।

नेकपा (माओवादी केन्द्र) प्रदेश सदस्य तथा माप्य दुधकोशी गाउँपालिकाका जननिर्वाचित उपाध्याक्ष गौरब राईले पार्टी र संगठनबीचको सम्बन्ध मजबुद बनाउनुपर्नेमा जोड दिनुभयो ।

पार्टीका सोलुखुम्बु जिल्ला समन्वय समिति सदस्य रामसंघर्ष किरातीले पार्टी र संगठन विचको तादम्यता मिलाउन बाँकी रहेको भन्दै अब यतातिर ध्यान दिन आवश्यक रहेको बताउनुभयो ।

यस्तै पत्रकार महासंघ जिल्ला सचिव डिबि खालिङले जिल्लामा व्यवसायिक पत्रकारिताका लागि सबैले पहल लिनुपर्ने बताउनुभयो ।

भेलामा प्निेस सेन्टर नेपालका निवर्तमान केन्द्रीय सदस्य तथा दुधकोशी गाउँपालिका प्रवक्ता तथा वडा अध्यक्ष भोजराज कार्की, पूर्व केन्द्रीय सदस्य तथा माप्य दुधकोशी गाउँपालिकाका कार्यपालिका सदस्य प्रकाश खालिङ, माओवादी केन्द्रका नेता गणेशकुमार राई, रामकिरण राई, विजय तामाङलगायतको उपस्थिति रहेको थियो ।

प्रकाशित मिति : बिहीबार, २१ भाद्र २०८० १८:१५
प्रतिक्रिया दिनुहोस्
24/7 Live Streamživé statistikyinformazioni Crazy TimeCoin Flip bonusvanliga frågorwatch live statsRoyal Reels mobileWingaga CZ