Logo

प्रदेश नं. १ बाट राष्ट्रिय सहमतिको सरकार बनाउने अवसर आयो: पर्यटनमन्त्री किराती


प्रदेश नम्बर एकबाट सहमतिको सरकार गठन गर्नुपर्ने मन्त्री किरातीले धारण राख्नु भएको छ । नेपाल पर्यटक यातायत व्यवसायी संघको २० औँ साधरण सभालाई सम्बोधन गर्दै मन्त्री किरातीले यस्तो बताउनुभएको हो ।

मन्त्री किरातीले भन्नुभयो “राज्य भ्रष्टाचारले जर-जर भएको यो अवस्थामा प्रचण्ड नेतृत्वको सरकारले यसको विरुद्व ज्याहाद छेडेको छ ! अब सबै दल मिलेर प्रचण्ड नेतृत्वमा भ्रष्टाचारको अन्त्य गरि देश आर्थिक समृद्धिमा लैजान पर्छ । मिलेरनै राणा अनि राजा ढालेको दलहरुले भ्रष्टाचारको जरापनी मिलेर नै उखेल्नुपर्छ । प्रदेश नम्बर एकमा अवसर आएको छ यहाँबाट सन्देश दिउँ अब हामी मिल्यौ अरु बाँकी ६ प्रदेश संगै केन्द्रमा पनि सर्बदलिय सरकार गठन गरौँ अब जनताले यो भन्दा बढी हामीलाई पर्खिने छैनन । यो भन्दा ढिला गरियो भने यो सम्भावना युक्त मुलुक पछिलतिर धकेलिदै जानेछ ।”

फरक प्रसंगमा मन्त्री किरातीले यो देशमा राम्रो काम गर्नेलाई स्टन्ड भनेर खिसी गर्ने प्रवृत्ति रहेको समेत बताउनुभयो । मन्त्री किरातीले भन्नुभयो ” विहान आफू नुवाकोट पुगेर पाँच हजार चियाको बिरुवा रोपेर आउँदा बाटोमा नुहाउनु परेकोले कार्यक्रममा आयोजकको समयमा न आएपनी आफुले भनेको समयमा आईपुगे । न नुहाई आउदा हिलो पोतिएको लुगामा आउदा यहाँ राम्रो भनिदैन, स्टन्ड भनिन्छ । सरसफाई नीति बनाएर लागू गरिएको छ । र म आफै सहभागी भएर सरसफाइलाई संस्कृतिको रुपमा निर्माण गर्न खोजिरहेको छु । देशको सचेत मिडियाहरुले नै खिसी गरेर आफुलाई उडाउछ ।”

‘मन्त्री भए यता गरिएका कुन-कुन काम स्टन्ड हो ? बार्षिक ५१ हजारमा ९ रोपनी जग्गा मारवाडीले भोग चलन गरिरहेको थियो खोसियो, ६ बर्ष देखि थन्किएको फ्लाइङ स्कुलको फाइल खोलियो,नेपाली आकाश कालो सुचिबाट हट्दै छ, वायु सेवा निगम सुधार हुने क्रममा छ, पर्यटन र संस्कृति नीति बन्दै छ यो पनि स्टन्ड नै होला सायद । अरु थुप्रैथुप्रै कामको फेहेरेस्त हामी संग छ यसलाइ पनि स्टन्ड नै भनेर उडाइन्छ यहाँ” उहाँले थप्नुभयो ।

प्रकाशित मिति : शुक्रबार, २२ भाद्र २०८० २०:४०
प्रतिक्रिया दिनुहोस्