Logo

सोलुखुम्बुमा दुधकोशी टेलिभिजनको कार्यालय उद्घाटन


सोलुखुम्बु । जिल्लाको सोलुदुधकुण्ड नगरपालिका – ५ स्थित सल्लेरीमा रहेको दुधकोशी खबर टेलिभिजनको कार्यालय उद्घाटन सम्पन्न भएको छ । गत श्रावण महिनादेखि विभिन्न खबर सम्प्रेषण सुरु गरेको यस मिडियाको आज सोलुखुम्बुबाट निर्वाचित संघीय सांसद मानवीर राईले ब्यानर पढेर उद्घाटन गर्नुभएको हो ।

दुधकोशी संचार प्राइभेट लिमिटेडद्वारा संचालित दुधकोशी खबर टिभी सुन्न र हेर्न सकिने गरि संचालनमा ल्याइएको छ । दुधकोशी खबरले समाजमा रहेको हरेक गतिविधिको गहिराईसम्म पुगेर समाचार सम्प्रेषण गर्दै आएको छ ।

सुचना तथा समाचार कै माध्यमबाट समाज रुपान्तरणमा भुमिका खेल्ने लक्ष्य रहेको टेलिभिजनका प्रवन्ध निर्देशक रमन वनले बताउनुभयो ।

कार्यक्रममा सोलुखुम्बुका सांसद राईसँगै प्रमुख जिल्ला अधिकारी वसन्त भट्टराई, जिल्ला समन्वय समितिका प्रमुख कृष्ण प्रसाद निरौला, जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका प्रहरी नायव उपरीक्षक दिपक श्रेष्ठ, जिल्ला ट्राफिक प्रहरी सहायक इन्चार्ज कृष्ण कट्वाल, दुर्गाबक्स गण सल्लेरिका प्रमुख सेनानी कुलदिप कुवर, विभिन्न राजनीतिक दलका नेताहरु, जिल्लास्थित संचार गृहका प्रतिनिधिहरुको उपस्तिथि रहेको थियो ।

 

प्रकाशित मिति : आईतवार, १२ कार्तिक २०८० १८:०३
प्रतिक्रिया दिनुहोस्
24/7 Live Streamživé statistikyinformazioni Crazy TimeCoin Flip bonusvanliga frågorwatch live statsRoyal Reels mobileWingaga CZ