Logo

शेर्पा समाज माप्य दुधकोशीको संयुक्त लोसार कार्यक्रम भव्य रुपमा सम्पन्न


काठमाडौं । शेर्पा समाज माप्य दुधकोशीले शेर्पा समुदायको महान चाँड २१५१औं स्यिङ फो डुक प्रथम ऐतिहासिक ग्याल्पो लोसार कार्यक्रम २०८० भव्य रुपमा सम्पन्न गरेको छ । सोलुखुम्बु जिल्ला माप्य दुधकोशी गाउँपालिकाबाट काठमाडौं आई स्थायी वा अस्थायी बसोबास गर्ने शेर्पा परिवारहरुबीच एकता र शेर्पा जातिको भाषा, कला र संस्कृति जगेर्ना गर्ने उद्देश्यका साथ सोमबार काठमाडौंको बौद्ध ६, रामहिटीमा अवस्थित रामनगर पार्टी भेन्यु सो कार्यक्रम आयोजना गरिएको हो ।

समाजका अध्यक्ष पासाङ शेर्पाको सभापतित्व तथा च्याङमितेङ ओगेन छोलिङ गुम्बा, घुम्नेमेराका लामा खेन्पो दोर्जी शेर्पाको प्रमुख आतिथ्यतामा सम्पन्न उक्त कार्यक्रममा सोलु दुधकुण्ड नगरपालिकाका मेयर नाम्गेल जाङ्बु शेर्पा, माप्य दुधकोशी गाउँपालिका उपाध्यक्ष गौरब राई, गाउँपालिकाका कार्यपालिका सदस्य प्रकाश खालिङ, आदिबासी जनजाति पर्यटन समाजका अध्यक्ष सोनाम जी शेर्पा, शेर्पा पर्यटन व्यवसायी संघका अध्यक्ष संगम शेर्पा, समाजका सल्लाहकारहरु पेम्बा शेर्पा, दोजी शेर्पालगायत समाजका संरक्षक तथा विभिन्न संघसंस्थाका प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।

सो अवसरमा विभिन्न माध्यमबाट समाजमा योगदान पुरयाउने व्यक्तित्वहरुलाई सम्मानित गरिएको थियो । त्यस्तै शैक्षिक क्षेत्रको नयाँ कार्यक्रम घोषणा गर्दै समाजको तर्फबाट सोलुखुम्बु माप्य दुधकोशी गाउँपालिका स्थायी ठेगना भई विभिन्न तहमा अध्ययनरत उत्कृष्ठ विद्यार्थीहरुलाई नगदसहितको पुरस्कार प्रदान गरिएको छ । जसमा स्नातक तहमा उत्कृष्ट अंक प्राप्त गरी प्रथम, द्धितीय र तृतीय स्थान हासिल गर्ने विद्यार्थीहरुलाई क्रमशः १० हजार, ७ हजार र ५ हजार नगदसहित प्रमाणपत्र प्रदान गरिएको छ । जम्मा २५ हजार रुपैयाँको सो पुरस्कार राशी समाजका अध्यक्ष पासाङ शेर्पाले प्रायोजन गर्नुभएको हो ।

त्यसतै प्लस टुमा अंक ल्याई प्रथम, द्धितीय, तृतीय र चौंथो हुने विद्यार्थीहरुलाई क्रमश १० हजार, ७ हजार, ५ हजार र ३ हजार नगदसहित प्रमाणपत्र प्रदान गरिएको छ । सो पुरस्कारका लागि समाजका महासचिव सोनाम लाक्पा शेर्पाले २५ हजार रुपैयाँ प्रायोजन गर्नुभएको हो । त्यस्तै सो एसईईमा उत्कृष्ट अंक ल्याई प्रथम, द्धितीय, तृतीय र चौंथो हुने विद्यार्थीहरुलाई क्रमश १० हजार, ७ हजार, ५ हजार र ३ हजार नगदसहित प्रमाणपत्र प्रदान गरिएको छ । सो पुरस्कार समाजका कोषाध्यक्ष दा टेण्डी शेर्पाले प्रायोजन गर्नुभएको हो ।

कार्यक्रममा प्रमुख अतिथि खेन्पो दोजी शेर्पाले ग्याल्पो लोसारको अवसरमा सबैमा सुख, शान्ति, समृद्धि एवं उत्तरोत्तर प्रगतिको लागि शुभकामना व्यक्त गर्नुभयो । उहाँले समुदायको भाषा र संस्कृति संरक्षणको लागि समाजले थालनी गरेको अभियान अत्यान्तै सह्रानीय रहेको उल्लेख गर्दै यसलाई सबैसामु पुर्याउनुपर्नेमा जोड दिनुभयो ।

गाउँपालिका उपाध्यक्ष गौरब राईले ग्याल्पो लोसारको शुभकामना व्यक्त गर्दै समाजले आयोजना गरेको यस कार्यक्रमले सिंगो समुदायलाई एकताको सुत्रमा बाध्नुका साथै समुदायको भाषा, कला र संस्कृतिको संरक्षण एवं प्रवद्र्धनमा महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गर्नुभयो । उपाध्यक्ष राईले गाउँपालिकाको तर्फबाट आवश्यक सहयोग गर्ने प्रतिबद्धता जनाउँदै समाजले अघि बढाउने सामाजिक गतिविधिमा स्थानीय सरकार सदैव सहयोगीको भूमिकामा रहने बताउनुभयो ।

समाजका अध्यक्ष शेर्पाले विशेषगरी शिक्षा, स्वास्थ्य, रोजगार र विकास निर्माणका लागि सामुहिक पहल गर्ने उद्देश्य राखेर समाज स्थापना गरिएको उल्लेख गर्दै स्थापनाको छोटो समयमा यसले आफ्नो उद्देश्य प्राप्तिका लागि विभिन्न गतिविधि अघि बढाईरहेको जानकारी दिनुभयो ।

उहाँले अहिले विभिन्न तहका उत्कृष्ठ विद्यार्थीहरुलाई पुरस्कृत गरेर सुरुवात गरिएकोमा आगामी ५ वर्षमा ५० लाख रुपैयाँ भन्दा बढिको शैक्षिक अक्षयकोष स्थापना गर्ने, ५० लाख बराबरको स्वास्थ्य अक्षयकोष स्थापना गर्ने तथा वार्षिक स्वास्थ्य शिविर सञ्चालन गर्ने, शीप तथा दक्षता अभिबृद्धिसम्बन्धि तालिम सञ्चालन गर्ने योजनासमेत सुनाउनुभयो । अहिले समाजले सल्लाहकार, संरक्षक तथा साधारण सदस्यता वितरण गर्ने कार्यलाई तीब्रता दिइरहेको अध्यक्ष शेर्पाले जानकारी दिनुभएको छ ।

उक्त कार्यक्रमको मुख्य प्रायोजकका रुपमा आविश्कार टाभल्स रहेको छ भने हिमालयन माउन्टेन, कार्की ओभर्सिजन प्रालि, शेर्पा स्वीट्स होम, एडभेन्चर पिक्स एक्स्पीडिशन, एक्टिभ जर्नी होलिडेज, मितिनी कफी एकेडेमीलगायतका कम्पनीहरुले सहप्रायोजन गरेका छन् ।

प्रकाशित मिति : बुधबार, २ फाल्गुन २०८० १०:२१
प्रतिक्रिया दिनुहोस्
24/7 Live Streamživé statistikyinformazioni Crazy TimeCoin Flip bonusvanliga frågorwatch live statsRoyal Reels mobileWingaga CZ