Logo

निवर्तमान पर्यटनमन्त्री किरातीको ‘पलपल बगिरहेछु’ विमोचन


काठमाडौं, फागुन २६। निवर्तमान संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीको गीत ‘पलपल बगिरहेछु’ सार्वजनिक भएको छ।

शनिबार काठमाडौं दरबारमार्गमा एक समारोहका बीच निवर्तमान मन्त्री किरातीको शब्द रचनामा बनेको म्युजिक भिडियोसहितको गीत सार्वजनिक भएको हो ।

कार्यक्रममा बोल्दै सांसद किरातीले आफ्नो जन्म महिनाको अवसर पारेर गीत विमोचन गरेको बताउनुभयो । उहाँले जन्मदिनमा केही नयाँ गरौँ भनेर गीत विमोचन गरेको बताउनुभयो। उहाँले यही महिनामा बुद्ध र लुम्बिनी सम्बन्धी गीति भिडियो सार्वजनिक गर्ने बताउनुभयो।

गीतको म्युजिक कम्पोजर शान्तिराम राई हुनुहुन्छ भने गायक कन्काईस्ट राई हुनुहुन्छ।

प्रकाशित मिति : शनिबार, २६ फाल्गुन २०८० २३:०१
प्रतिक्रिया दिनुहोस्
24/7 Live Streamživé statistikyinformazioni Crazy TimeCoin Flip bonusvanliga frågorwatch live statsRoyal Reels mobileWingaga CZ