बेल्जियमको शहरमा नेपाली मिलन केन्द्रको तीज कार्यक्रम, सयौंको उपस्थिति
बेल्जियमको एन्टवेरपेन शहरमा नेपाली महिलाहरुको चाँड तीज उल्लास पूर्वक मनाइएको छ । नेपाली मिलन केन्द्र एन्तवेरपेनको आयोजनामा भएको तीजमा दिदीबहिनीहरुले सामुहिक दर खाने र नाँचगान गरेर तीज मनाएका हुन् ।
५ सय बढी नेपालीहरुको सहभागिता रहेको कार्यक्रम हलमा नेपाली पोशाक र गरगहनामा सजिएका महिलाहरुले प्रवासमा पनि तीजको परम्परागत पहिचान प्रस्तुत गरेका थिए । बेल्जियममा जन्मे हुर्केका नानीहरुदेखि अग्रज महिलाहरुको तीज पर्ब प्रतिको आकर्षणले यसको दीर्घकालिन अस्तित्व रहने देखिएको छ ।
महिला स्वाभिमान र आत्मविश्वास बढाउन उर्जा प्रदान गर्ने यस पर्बको महत्व देशबिदेशमा बढ्दै गैरहेको अबस्थामा बेल्जियमका बिभिन्न शहरका नेपाली संघ संस्थाहरुले प्रत्यैक बर्ष सामुहिक रुपमा यो पर्ब मनाउने गरेका छन् ।
नेपाली मिलन केन्द्रले आयोजना गरेको कार्यक्रमको पहिलो चरणमा भएको औपचारिक कार्यक्रममा बेनेलक्सका लागि नेपाली राजदुत गेहेन्द्र राजभन्डारी, एनआरएनए बेल्जियमका अध्यक्ष सीता सापकोटालगायतले तीजको शुभकामना दिनुभएको थियो ।
सोही अवसरमा खोलिएको भाग्यशाली चिट्ठामा बिजेताहरुलाई सुनको तिलहरी, सुनको चन्द्रमा, सल र साडी पुरुस्कार प्रदान गरिएको थियो ।
नेपाली मिलन केन्द्रकी अध्यक्ष एबम कार्यक्रमकी सभापति कान्ती तिमील्सिना अधिकारीले कार्यक्रमका स्पोन्सर, चन्दादाता, स्वयमसेबक, तीज मनाउन उपस्थित दिदीबहिनीहरु र प्रमुख अतिथि एबम अतिथिहरुलाई धन्यबाद दिनुभयो ।
संस्थाकी कोषाध्यक्ष बिमला अधिकारीले आर्थिक सहयोग गर्ने संघ संस्था र ब्यक्तिहरुको विवरण प्रस्तुत गर्नुभएको थियो । उहाँले सहयोग संकलन र खर्चको विस्तृत विवरण छिट्टै
कार्यक्रम सन्चालन संस्थाकी महासचिब कबिता दाहालले गर्नु भएको थियो ।