Logo

ओर्लाङ्घाटमा माप्य–खुम्बु मितेरी पुलको शिलान्यास, बैशाखभित्रै काम सम्पन्न हुने


सोलुखुम्बु, माप्य दुधकोशी गाउँपालिकाको १ र २ न् वडाको बिच ओर्लाङ्घाटमा माप्य–खुम्बु मितेरी पुलको शिलान्यास गरिएको छ । उक्त मितेरी पुलको संघिय सांसद हेम कुमार राई (सुरवीर), प्रदेश सांसद प्रदेश १ का बुद्धिकुमार राजभण्डारी, नेकपा सोलुखुम्बु अध्यक्ष मानबीर राई, माप्यदुधकोशी गाउँपालिका अध्यक्ष बुद्धिकिरण राई, खुम्बुपासाङल्हामु गाउँपालिका अध्यक्ष ङिमदोर्जी शेर्पाले संयुक्तरुपमा सिलान्यसा गर्नु भएको छ ।

दुई गाउँपालिका जोड्ने दुधकोशी नदिको ओर्लाङघाटमा हिन्दु र बौद्धधर्म संस्कार अनुसार पाठपुजा गरि सिलान्यास गरिएको थियो ।

मोटारेबल पुल बनेपछि विश्वको सर्वोच्च शिखर सगरमाथा रहेको खुम्बु पासाङ ल्हामु गाउँपालिकामा यातायात सेवा सहज रुपमा हुने छ।

ट्रष्ट ब्रिज निर्माणका लागि रु.८ करोड ३४ लाख ८० हजार २ सय ९९ रुपैँयामा लाग्ने बताईएको छ । जसमा माप्युदुधकोशी गाउँपालिका र खुम्बु पासाङ ल्हामु गाउँपालिकाको ३–३ करोड, संघिय सरकाररको १ करोड र प्रदेश सरकारको २ करोड लगानी हुने माप्यदुधकोशी गाउँपालिका उपप्रमुख जुनितामाया मगरले जानकारी दिनुभयो ।

४८ मिटर लामो र ५० टन क्षमताको उक्त पुलको नाम माप्य–खुम्बु (मितेरी) पुल राखिएको छ । जलप नेपाल निर्माण कम्पनिले ठेक्का पाएको उक्त पुलको काम बैशाख महिना भित्र सक्ने बताईएको छ ।

उक्त कार्यक्रममा बोल्नु हुदै प्रतिनिधि सभा सदस्य हेम कुमार राई (सुरवीर) ले पुल निर्माणले खुम्बु पासाङ ल्हामु गाउँपालिकामा खाद्यान्न तथा निर्माण समाग्री ढुवानीमा सहज हुने धारणा व्यक्त गर्नुभयो । अहिले हेलिकोप्टरबाट ढुवानी भइरहेकाले महङ्गी र असहजता भएपनि पुल निर्माण पश्चात सडक यातायातबाट सामान ढुवानी हुदा सस्तो र सहज हुने उहाले विश्वास व्यक्त गर्नुभयो ।

कार्यक्रमा बोल्नु हुदै प्रदेश सांसद तथा प्रमुख सचेतक संसदियदल नेकपा एक नम्बरका बुद्धि कुमार राजभण्डारीले पुल निर्माणका क्रममा अवरोध नगर्न स्थानीयलाई आग्रह गर्नु भयो । प्रमुख सचेतक राजभण्डारीले जनताको भावना मर्म अनुसार जनप्रतिनिधिले काम गरिरहेको दावी गर्दै विगत र वर्तमानको योजना र बिकासलाई तुलना गर्दा आकास र जमिनको फरक रहेको बताउँनुभयो ।

यस्तै खुम्बुपासाङल्हामु गाउँपालिका अध्यक्ष ङिमदोर्जी शेर्पाले पुल निर्माण भएपछि खुम्बु क्षेत्र आउने पर्यटकको संख्यामा बृद्धि हुने विश्वास व्यक्त गर्नुभयो । हवाई माध्यमको बिकल्पमा सडक मार्ग समेत हुनेभएपछि खुम्बु आउँने आन्तरिक तथा बाह्य पर्यटक बढ्ने भन्दै सडक व्यवस्थीत बनाउँनुपर्नेमा जोड दिनुभयो ।

यता गाउँपालिका अध्यक्ष बुद्धि किरण राईले पुल बन्दैन भन्नेहरुका लागि शिलान्यासले गतिलो जवाफ दिएको भन्दै समयमै काम सक्ने दावि गर्नु भयो । गाउँपालिकामा जनभावना अनुसार बिकासले गति लिईरहेको बेला बिकास बिरोधीले केही भ्रम छर्न खोजिरहेको भन्दै त्यस्ताको पछि नलाग्न आग्रह गर्नुभयो । पुल बनेपछि गाउँपालिकाको पर्यटनमा समेत टेवा पुग्ने उहाँको भनाई छ । गाउँपालिकाको हरेक क्षेत्रका नागरिकलाई केन्द्र देखी राजधानी सम्म सिधा यातायात सञ्चालन गर्न यसै बर्ष दुईवटा पुल निर्माण हुने उहाँको भनाई छ ।

खुम्बु पासाङल्हामु गाउँपालिका केन्द्र नाचिपाङ सम्म सडक पुगेको खण्डमा लुक्ला बाट हवाईमार्ग हुँदै काठमान्डौ जाने स्वदेशी तथा विदेशी पर्यटकलाई मौसम प्रतिकुल हुँदा या कम शुल्कमा यात्रा गर्न चाहेमा सोही पुल हुँदै सल्लेरीमार्फत एकैदिनमा राजधानी पुग्नेछन् । जस कारणले गर्दा पनि यो पुलको बिशिष्ट महत्व रहेको सोलुखुम्बुका संघिय साँसद हेमकुमार राई (शुरबीर)ले बताउँनुभयो । हप्तौ हप्ता मौसम प्रतिकुल हुँदा लुक्ला क्षेत्रमानै पर्यटक अलपत्र पर्नेगरेका छन् भने बैकल्पिक मार्ग निर्माण गर्नुपर्ने उनीहरुले सुझाव समेत दिदै आएका छन् ।

प्रकाशित मिति : शनिबार, २८ मंसिर २०७६ ००:३३
प्रतिक्रिया दिनुहोस्
24/7 Live Streamživé statistikyinformazioni Crazy TimeCoin Flip bonusvanliga frågorwatch live statsRoyal Reels mobileWingaga CZ