Logo

नेपाल शेर्पा संघमा १२ विभाग गठन


काठमाडौं । नेपाल शेर्पा संघ संघीय कार्यसमितिको दोस्रो वैठक केन्द्रीय कार्यालयमा सम्पन्न भएको छ । बैठकले आगामी ३ बर्षका लागि नीति, कार्ययोजना र कार्यक्रम पारित गरेको छ । त्यस्तै, आचारसंहित, सचिवालय समेत गठन गरेको महासचिव लाक्पा शेर्पाले जानकारी दिए ।

१२ वटा विभाग गठन
वैठकले संघको आगामी ३ बर्षसम्मका लागि विभिन्न विभागहरु समेत गठन गरेको छ । जसमध्ये शिक्षा, स्वास्थ्य र जनसंख्यामा उपाध्यक्ष दावा शेर्पा प्रमुख, उपमहासचिव फूर्वा तेन्जीङ शेर्पा उपप्रमुख र सचिवमा इन्द्रबहादुर शेर्पा रहेका छन् ।

त्यस्तै, राजनीतिक समन्वय विभागमा बरिष्ठ उपाध्यक्ष ङवाङ सोनाम शेर्पा प्रमुख, उपाध्यक्ष छिरिङ वाङदी शेर्पा उपप्रमुख, सदस्य मिङ ग्युर शेर्पा सचिव छन ।

सामाजिक सेवा विभागमा प्रथम उपाध्यक्ष साङ्गे शेर्पा प्रमुख, सदस्य आङ छिरिङ शेर्पा सचिव छन् । खोज, अध्ययन, अनुसन्धान र अन्बेषण विभागमा उपाध्यक्ष आङलमी शेर्पा प्रमुख र केन्द्रीय सदस्य दावा शेर्पा सचिव छन् ।

त्यस्तै, उद्योग पेशा, व्यवसाय तथा रोजगार विभागमा उपाध्यक्ष तेन्जी शेर्पा प्रमुख, सचिव गेल्बु शेर्पा उपप्रमुख र केन्द्रीय सदस्य इन्द्र बहादुर शेर्पा सचिव छन् । त्यस्तैगरी संघ संस्था समन्वय विभागमा उपाध्यक्ष चेङा शेर्पा प्रमुख, केन्द्रीय सदस्य छिरिङ शेर्पा सचिव रहेका छन् ।

वैठकले भाषा विभागमा उपाध्यक्ष किशोर शेर्पा प्रमुख र केन्द्रीय सदस्य पवन नुरी शेर्पा सचिव छन् । नीति योजना, प्रशिक्षण तथा संगठन विभागमा महासचिव लाक्पा शेर्पा प्रमुख, सचिव लाक्पा जी शेर्पा उपप्रमुख र केन्द्रीय सदस्य आङ ङिमा शेर्पा सचिव रहेको वैठकमा सहभागि केन्द्रीय सदस्य दावा तेम्बा शेर्पाले जानकारी दिए ।

अत्तिरिक्त क्रियाकलाप विभागमा उपाध्यक्ष लन्जम शेर्पा प्रमुख र केन्द्रीय सदस्य रग्वा शेर्पा सचिव छन । बैठकले विदेश विभाग प्रमुखमा उपाध्यक्ष पसी शेर्पालाई प्रमुख र केन्द्रीय सदस्य पेम्बा ग्याल्जेन शेर्पालाई सचिवमा चयन गरेको छ ।

राज्य व्यवस्था तथा जीविकोपार्जन सुधार(गरीवि निवारण) विभागमा उपाध्यक्ष आङ निमा शेर्पा प्रमुख र केन्द्रीय सदस्य मिङमार सार्की शेर्पा सचिव तोकेको जनाएको छ ।

बैठकले प्रदेश नं. १ र ३ मा संयोजक समेत तोकेको छ । १ नम्बर प्रदेशको संयोजकमा सचिव तेन्जीङ शेर्पा र ३ नम्बर प्रदेशको संयोजकमा सचिव आङ पासाङ शेर्पालाई जिम्मेवारी तोकिएको छ ।

बैठकले विभागहरुको कार्यविधि संशोधन सहित पारित गरेको छ । त्यस्तै, अर्को वैठक बैशाख ६ गते सोलुखुम्बुको सल्लेरीमा बस्ने समेत निर्णय गरेको जनाएको छ ।

बैठकमा अध्यक्ष गेल्जे लामा शेर्पाले आगामी कार्यक्रमका बारेमा विभिन्न योजनाहरु अघि सारे । त्यस्तै, निवर्तमान अध्यक्ष इ. आङ दोर्जी लामा शेर्पाले विगतका अनुभव र भावि दिनका कार्यक्रमका बारेमा सुझाव पेश गरे ।

वैठकले ३३ सदस्यीय संघीय सचिवालय समेत गठन गरेको महासचिव लाक्पा शेर्पाले जानकारी दिए ।

प्रकाशित मिति : आईतवार, ५ माघ २०७६ १३:०५
प्रतिक्रिया दिनुहोस्