Logo

चन्द्रप्रसाद घिमिरेको नेतृत्वमा नेकपा माप्य दुधकोशी–काठमाडौं सम्पर्क कमिटी


नेपाल कम्युनिस्ट पार्टी (नेकपा) माप्य दुधकोशी गाउँपालिका–काठमाडौं सम्पर्क आयोजक कमिटी गठन भएको छ । नेकपा, सोलुखुम्बु जिल्ला कमिटीका सचिव गोम्बु शेर्पा (कज्र्याङ)को प्रमुख आतिथ्यमा काठमाडौंमा आयोजित भेलाद्वारा शनिबार कमिटीको गठन गरेको हो ।

कमिटीको संयोजकमा पूर्व माओवादीको तर्फबाट चन्द्रप्रसाद घिमिरे र सचिवमा पूर्व एमालेको तर्फबाट तिलक राई चयन भएका छन् । ३५ सदस्यीय कमिटीको नामावली नेकपा सोलुखुम्बुका जिल्ला कमिटी सदस्य तथा माप्य दुधकोशी गाउँपालिका कमिटीका अध्यक्ष गौरव राईले घोषणा गरेका थिए ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि कज्र्याङ शेपार्ले पार्टी संगठन अझै एकताको प्रक्रियाबाट अघि बढिरहेको बताएका थिए । ‘हामी अझै पार्टी एकताको अभियानलाई नै अघि बढाईरहेका छौं । त्यसकारण यो समितिले जिल्ला र प्रदेशको सम्पर्क समिति गठन नभइन्जेल गाउँपालिकाको पार्टी कमिटीप्रति उत्तरदायी हुनुपर्ने छ’ शेर्पाले भने, ‘आधिकारिक रुपमा जिल्ला र प्रदेश सम्पर्क समिति गठन भइसकेपछि यो कमिटी ती कमिटीहरुप्रति उत्तरदायी हुनेछ ।’

त्यसैगरि कार्यक्रममा बोल्दै गौरव राईले काठमाडौंमा रहेका पार्टी कार्यकर्ताहरुलाई यस सम्पर्क आयोजक कमिटीले गाउँका जनतासँग जोड्ने विश्वास व्यक्त गरे ।

त्यसैगरि कार्यक्रममा माप्य दुधकोशी गाउँपालिकाका अध्यक्ष बुद्धिकिरण राईले विकास निर्माणको कार्यमा र स्थानीय तहको तर्फबाट काठमाडौंमा गसरिनुपर्ने विभिन्न निकायका कार्य सम्पादनमा सहजता मिल्ने विश्वास व्यक्त गरे ।

 

प्रकाशित मिति : आईतवार, ५ माघ २०७६ १७:४८
प्रतिक्रिया दिनुहोस्
24/7 Live Streamživé statistikyinformazioni Crazy TimeCoin Flip bonusvanliga frågorwatch live statsRoyal Reels mobileWingaga CZ