Logo

तिङलामा एक महिनाभित्रमा विद्युतिकरण हुने


सोलुखुम्बु – नेपाल विद्युत प्राधिकरण क्षेत्रीय कार्यलय विराटनगरले सोलुखुम्बुको तिङलामा एक महिनाभित्र विद्युतीकरण कार्य सम्पन्न गरी विद्युत सेवा उपलब्ध गराउने जनाएको छ । नेपाल विद्युत प्राधिकरण, प्रादेशिक कार्यालय विराटनगरका प्रमुख श्रीराम राज पाण्डेले पत्रमार्फत् तिङलामा एक महिनाभित्र विद्युत सेवा उपलब्ध गराई सोलुखुम्बुको अन्य क्षेत्रमा क्रमशः यथाशिघ्र विद्युतिकरण कार्य गर्ने बताएका छन् ।

उनले ‘नेपाल सरकारको बजेट र कार्यक्रम अनुसार नेपाल विद्युत प्राधिकरणबाट विद्युतीकरणको काम भईरहेको र चालु आर्थिक बर्षमा ३३ केभी प्रसारण लाईन सोलुखुम्बु पुर्याउन विद्युतीकरणको काम भईरहेको भन्दै विद्युतिकरणको कार्यमा सहयोग गर्नसमेत सबैलाई अनरोध गरेका छन् ।

प्रकाशित मिति : सोमबार, ६ माघ २०७६ ११:४७
प्रतिक्रिया दिनुहोस्