Logo

जिल्ला प्रहरी प्रमुखको जिम्मेवारी फेरबदल, चितवनको प्रमुखमा गुरुङ


काठमाडौँ । जिल्ला प्रहरी कार्यालय चितवनको प्रमु्खको जिम्मेवारी नान्तिराज गुरुङले पाएका छन् । चितवनका तत्कालीन प्रहरी प्रमुख एसपी दानबहादुर मल्लको ठाउँमा सरुवा भएर पनि त्यहाँको जिम्मेवारी नपाएकी एसपी गंगा पन्तलाई पर्सा प्रहरी प्रमुखको जिम्मेवारी दिइएको छ ।

बारा प्रहरी प्रमुखमा कृष्ण पंगेनीलाई सरुवा गरिएको भने बारा प्रहरी प्रमुख विकाशराज खनाल दंगा नियन्त्रण गण सुनवलमा काज सरुवा भएका छन् ।

यस्तै एसपीहरु दीपक रेग्मी पूर्वी नवलपरासी, मोहन पोखरेल गण्डकी प्रदेश र अशोक सिंह प्रहरी प्रधान, कार्यालय इन्टरपोल शाखामा काज सरूवा भएका छन् ।

यता पर्साका एसपी सोमेन्द्रसिंह राठौरलाई भने काठमाडौं प्रहरी परिसर सरुवा गरिएको छ ।

प्रकाशित मिति : मंगलवार, २१ माघ २०७६ १८:२८
प्रतिक्रिया दिनुहोस्