Logo

अनेरास्ववियु सोलुखुम्बुको एकता भेला सम्पन्न, ३५ सदस्यीय कमिटी घोषणा


अखिल नेपाल स्वतन्त्र बिधार्थी युनियन (अनेरास्ववियु)सोलुखुम्बुको एकता भेला तथा घोषणा कार्यक्रम सम्पन्न भएको छ । सोलुखुम्बुको सदरमुकाम सल्लेरीस्थित जिल्ला समन्वय समितिको सभाहलमा एकता भेला तथा घोषणा सम्पन्न भेलाले लक्ष्मण खालिङको संयोजकत्वमा ३५ सदस्यीय जिल्ला कमिटीलाई पुर्णता दिएको छ ।

नवगठित कमिटीलाई नेपाल कम्युनिस्ट पार्टी सोलुखुम्बुका अध्यक्ष मानबिर राईले सपथ खुवाउनुभएको छ । कार्यक्रममा अखिल र अनेरास्ववियुका पुर्ब अध्यक्षहरु तथा नेकपाला जिल्ला नेताहरुको उपस्थिती रहेको थियो । उपस्थित नेकपाका नेता तथा कार्यकर्ताले नबगठित जिल्ला कमिटिका पदाधिकारीहरुलाई सफल कार्यकालको शुभकामना प्रदान गरेका थिए ।

अनेरास्ववियुको जिल्ला कमिटिमा तत्कालिन अनेरास्ववियुबाट लक्ष्मण खालिङ, तेन्जी शेर्पा, भुपेन्द्र राई, मिनाकला कुलुङ, मनिष नाछिरिङ, गौरब राई, मनिषा राई, श्याम कुमार राई, दिवस कुलुङ, किशोर कटुवाल, सरोज भट्टराई, कुमार बिष्ट, बिष्णुराज तामाङ, गणेश हिङमाङ, लाक्पादोर्जी थापा मगर, सम्झना नाछिरिङ र रेखा दर्नाल चयन भएका छन ।

त्यस्तै तत्कालिन अखिल क्रान्तिकारीबाट अम्बिर काजी कुलुङ सहित कुमार कटेल, तमुना राई, राजेन्द्र बस्नेत, राम तामाङ, कविता मगर, मनिका राई, बिजय बि.क., रामकृष्ण कुलुङ, मोनिका राई, लक्ष्मी कटेल, सर्बधन राई, नबराज राई, सोनाम शेर्पा, कविता श्रेष्ठ, अर्जुन राई र प्रताप खालिङ चयन भएका छन् ।

प्रकाशित मिति : बुधबार, २२ माघ २०७६ २२:०६
प्रतिक्रिया दिनुहोस्
24/7 Live Streamživé statistikyinformazioni Crazy TimeCoin Flip bonusvanliga frågorwatch live statsRoyal Reels mobileWingaga CZ