Logo

चीनमा कोरोनाबाट मृत्यु हुनेको संख्या ७ सय २२ पुग्यो, ३५ हजार संक्रमित


काठमाडौं –  चीनमा महामारीको रुप लिएको कोरोना भाइरसका कारण मृत्यु हुनेको संख्या ७ सय २२ पुगेको छ। कोरोनाका कारण करिव ३५ हजार जना संक्रमित भएका छन ।

संक्रमण चीन बाहिरका २५ मुलुकमा फैलिएको छ ।अहिलेसम्म हङकङ र फिलिपिन्समा पनि दुई व्यक्तिको मृत्यु भएको छ । ती मुलुकहरुमा २ सय ७० जना संक्रमित भएको बीबीसीले जनाएको छ ।

पछिल्लो तथ्याङ्क अनुसार कोरोना भाइरसको सङ्क्रमण सबैभन्दा बढी क्रुज जहाज, डाइमण्ड प्रिन्सेसमा ६१ जना रहेका छन् भने सिंगापुरमा ३०, जापानमा २५, थाइल्याण्डमा २५, हङकङमा (मृत्यु भएका एक व्यक्तिसहित) २४, दक्षिण कोरियामा २३, ताइवानमा १६ अष्ट्रेलियामा १५ र मलेसियामा १४ व्यक्तिमा भएको छ ।

त्यसैगरी जर्मनीमा १३, संयुक्त राज्य अमेरिकामा १२, भियतनाममा १०, मकाउमा १०, फ्रान्समा छ, क्यानडामा पाँच, संयुक्त अरब इमिरेट्समा पाँच, बेलायतमा तीन, भारतमा तीन, फिलिपिन्समा (मृत्यु भएका एक व्यक्तिसहित) तीन व्यक्तिमा नयाँ कोरोना भाइरसको सङ्क्रमण देखिएको छ ।रूस र इटाली मा दुई दुई व्यक्तिमा उक्त भाइरसको सङ्क्रमण देखिएको छ । नेपाल, श्रीलङ्का, कम्बोडिया, फिनल्याण्ड, स्पेन, स्वीडेन, बेल्जियममा एक एक जनामा नयाँ कोरोना भाइरसको सङ्क्रमण भेटिएको छ ।

प्रकाशित मिति : शनिबार, २५ माघ २०७६ १२:०३
प्रतिक्रिया दिनुहोस्
24/7 Live Streamživé statistikyinformazioni Crazy TimeCoin Flip bonusvanliga frågorwatch live statsRoyal Reels mobileWingaga CZ