Logo

खालिङ यूवा, खेलकुद तथा विद्यार्थी विभागमा नयाँ कार्यसमिति, एसईई उत्कृष्ट विद्यार्थीलाई सम्मानित


काठमाडौं, १२ साउन । किरात खालिङ राई उत्थान संघ यूवा, खेलकुद तथा विद्यार्थी विभागको शनिबार काठमाडौंमा सम्पन्न दोस्रो सम्मेलनले डोल्मा खालिङको अध्यक्षतामा १७ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ ।

नयाँ कार्यसमितिको उपाध्यक्षमा कृष्णशोर खालिङ र महिला उपाध्यक्षमा मुना खालिङ, सचिव कुशल खालिङ, सहसचिवमा मिलन खालिङ र कोषाध्यक्षमा रजनी खालिङ सर्वसम्मत निर्वाचित भएका छन् । त्यस्तै नवनिर्वाचित सदस्यहरुमा नविना खालिङ, प्रतिभा खालिङ, खुशी खालिङ, समिना खालिङ, सौमिता खालिङ, सागर खालिङ, आषिस खालिङ, बसन्त खालिङ, सौगात खालिङ, छविमाया खालिङ र गीता खालिङ रहेका छन् ।

सो अवसरमा २०८० सालको एसईई परिक्षामा समग्र सामुदायिक विद्यालयबाट उत्कृष्ट अंक ल्याउन सफल विद्यार्थीहरुलाई सम्मानित गरिएको छ । एसईईमा सिंगो खालिङ विद्यार्थीहरुमध्ये उत्कृष्ट ल्याउन सफल छात्रातर्फ सगरमाथा मावि, वाकुकी स्वर्णीमा खालिङ (३.७०) र छात्रतर्फ काँकु मावि भेडाचौरका डेविट खालिङ (३.५९)लाई नगद राशीसहित सम्मान पत्रबाट सम्मानित गरिएको हो ।

खालिङ भाषा, भेषभूषा र संस्कृतिको संरक्षण, सम्बर्धन एवं प्रवर्द्धनसँगै नेतृत्व विकास तथा समुदायभित्रको प्रतिभाहरुको प्रस्फुटन गर्ने एउटा माध्यमको रुपमा यसअघि स्थापित किरात खालिङ विद्यार्थी संघको दायरालाई थप फराकिलो बनाउदै यूवा, खेलकुद तथा विद्यार्थी विभाग बनाइएको हो ।

डोल्मा खालिङको सभापतित्वमा सम्पन्न विभागको दोस्रो सम्मेलनमा संघका केन्द्रीय अध्यक्ष बलबहादुर खालिङको प्रमुख आतिथ्यता रहेको थियो । सो कार्यक्रममा माप्य दुधकोशी गाउँपालिकाका अध्यक्ष बुद्धिकिरण राई, कार्यपालिका सदस्य प्रकाश खालिङ, संघका केन्द्रीय बरिष्ठ उपाध्यक्ष जयकुमार खालिङ, पूर्वअध्यक्ष सीताकुमारी खालिङ, खालिङ, विषण धनबहादुर खालिङ, वर्तमान कार्यवहाक महासचिव निरकुमार खालिङ, काठमाडौं जिल्ला अध्यक्ष विष्णु खालिङ, ख्याल तम्रकम निर्माण समितिका सहसंयोजक मानबीर खालिङ, कोषाध्यक्ष भुपाल खालिङ, संघका वर्तमान तथा पूर्व पदाधिकारीहरु, विभिन्न विभागका प्रमुखहरु, बुद्धिजिवी तथा समुदायका विशिष्ट व्यक्तित्वहरुको उपस्थिति रहेको थियो ।

 

प्रकाशित मिति : आईतवार, १३ श्रावण २०८१ १०:१४
प्रतिक्रिया दिनुहोस्
24/7 Live Streamživé statistikyinformazioni Crazy TimeCoin Flip bonusvanliga frågorwatch live statsRoyal Reels mobileWingaga CZ