Logo

ठाकुर ज्ञवालीलाई प्रहरी महानिरीक्षकमा नियुक्त


काठमाडौं । सरकारले ठाकुर ज्ञवालीलाई प्रहरी महानिरीक्षकमा नियुक्त गरेको छ ।

मंगलबार अपरान्ह बसेको मन्त्रिपरिषद बैठकले ज्ञवालीलाई आईजीपीमा नियुक्त गरेको हो ।

सरकारका प्रवक्ता सूचना तथा सञ्चारमन्त्री गोकुलप्रसाद बाँस्कोटाले ज्ञवालीलाई प्रहरी महानिरीक्षकमा बढुवा गर्ने निर्णय भएको अनलाइनखबरलाई बताए ।

प्रहरी नियमावलीको परिच्छेद ४ को बढुवा सम्बन्धी व्यवस्थाको दफा ४१ अनुसार ज्ञवालीको बढुवा गरिएको हो ।

प्रहरी नायब महानिरीक्षक मध्येबाट ज्येष्ठता, कार्यकुशलता, कार्यक्षमता, उत्तरदायित्व बहन गर्न सक्ने क्षमता, नेतृत्व प्रदान गर्न सक्ने कुशलता लगायतका आधारमा उनी बढुवा भएका हुन् ।

हाल प्रहरी नायब महानिरीक्षकका रुपमा ज्ञवाली प्रदेश नं. १ प्रहरी प्रमुखका रुपमा कार्यरत् थिए ।

निवर्तमान आईजीपी सर्वेन्द्र खनालसहित तीन एआईजी र उनका ब्याचका डीआईजीहरुले सेवाहदका कारण मंगलबारबाट अवकाश पाउँदैछन् । यही ब्याचको वैकल्पिक टोलीमा डीआईजी हुन्, ज्ञवाली ।

उनीसँगै तारिणीप्रसाद लम्साल पनि प्रहरीको नेतृत्व गर्ने दौडमा थिए । ३० वर्षे सेवा अवधिको प्रावधान कायमै रहे ज्ञवालीले ५ महिनाका लागि प्रहरी संगठन हाक्नेछन् ।

को हुन् नवनियुक्त प्रहरी प्रमुख ज्ञवाली ?

नाम–ठाकुरप्रसाद ज्ञवाली

पद् : नव नियुक्त प्रहरी महानिरीक्षक

जन्म: प्युठान जिल्लाको बाँदीकोट गाविस (हाल–झिम्रुक गा.पा.)

जन्म मिति : २०२२/०६/२८ गते स्वं. आमा सुमित्रा, बुबा नारायण प्रसाद ज्ञवाली

श्रीमती:ज्ञानु ज्ञवाली –एक छोरी, एक छोरा

चार दाजुभाइमा माइलो र परिवारमा छैठौँ सन्तान

प्यूठानको बाल शिक्षा माविबाट एसएलसी उत्तींर्ण

त्रिचन्द्र कलेज काठमाडौंँबाट आइएस्सी

त्रिचन्द्रबाट नै विए र त्रिभुवन विश्वविलयबाट राजनीतिक शास्त्रमा

स्नातकोत्तर तहसम्म अध्ययन ।

२०४७ असार २५ बाट प्रहरी सेवामा प्रवेश ।

प्रकाशित मिति : मंगलवार, २८ माघ २०७६ १८:५७
प्रतिक्रिया दिनुहोस्