Logo

सोलुखुम्बु बहुमुखी क्याम्पसको ‘मेची–काली विश्व अभियान’लाई उद्योगी कार्कीद्वारा १० लाख सहयोग


सोलुखुम्बु– सोलुखुम्बु बहुमुखी क्याम्पसले सञ्चालन गरेको ‘मेची–काली विश्व अभियान’का लागि उद्योगी तथा काँग्रेस नेता प्रकाशसिंह कार्कीले १० लाख रुपैयाँ सहयोग गरेका छन् । आईतबार क्याम्पसले आयोजना गरेको कार्यक्रममा कार्कीले सो बराबरको चेेक हस्तान्तरण गरेका हुन् ।

सोही अवसरमा सोलुदूधकुण्ड नगरपालिकाबाट घोषित ३० लाख रुपैयाँ सहयोग रकम हस्तान्तरण गरियो ।

क्याम्पसले सार्वजनिक गरेको विवरणअनुसार अभियान सुरु भएदेखि आजसम्ममा ८० लाख भन्दा बढि सहभाग रकम संकलन भइसकेको छ ।

क्याम्पसले मेची–काली अभियानबाट एक अर्ब रुपैयाँको अक्षय कोष स्थापना गर्ने लक्ष्य लिएको छ । त्यस्तै, क्यम्पसको आगामी पाँच वर्षभित्र पाँच लाख नागरिक, पाँच हजार सरकारी तथा गैरसरकारी संघसंस्था, कार्यालयहरु र कम्तीमा विश्वका २५ राष्ट्रका नागरिकलाई अभियानमा सहभागी गराउने लक्ष्य रहेको छ ।

क्याम्पसले ट्राभल्स, टुरिजम् र माउन्टेनियरिङ कोर्समा ७७ जिल्लाबाट गरिब तथा जेहेन्दार छात्र छात्रा, विभिन्न २५ राष्ट्रका २५ जना र अति पिछडिएका समुदायबाट १३ जना गरी पाँच सय जनालाई खान बस्न सहित निःशुल्क उच्च प्राविधिक शिक्षा प्रदान गर्ने आफ्नो लक्ष्य अनुसार अहिले सहयोग रकम संकलनको काम गरिरहेको छ ।

प्रकाशित मिति : आईतवार, ४ फाल्गुन २०७६ २०:००
प्रतिक्रिया दिनुहोस्
24/7 Live Streamživé statistikyinformazioni Crazy TimeCoin Flip bonusvanliga frågorwatch live statsRoyal Reels mobileWingaga CZ