Logo

अन्तत सञ्चारमन्त्री बास्कोटाले दिए राजीनामा


काठमाडौं, ८ फागुन । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाले राजीनामा दिएका छन् । सेक्युरिटी प्रिन्टिङ प्रेस खरिदका लागि स्वीस एजेन्टसँग ७० करोड कमिसनका लागि कुराकानी भएको अडियो सार्वजनिक भएपछि बास्कोटाले राजीनामा दिएका हुन् ।

बास्कोटाले राजीनामा दिएको सभामुख अग्नि सापकोटाले संसदमा जानकारी दिएका हुन् । संसदको बैठकमा प्रमुख विपक्षी कांग्रेसले सञ्चारमन्त्री बास्कोटाको राजीनामा मागेको थियो । साथै सेक्युरिटी प्रिन्टिङ प्रेस खरिदबारे मन्त्रिपरिषद्मा समे पटकपटक छलफल भएकाले यसको जिम्मा प्रधानमन्त्रीले लिनुपर्ने, यसलाई भ्रष्टाचारको विषय बनाउनुपर्ने उसको माग छ ।

कांग्रेसले संसद अवरुद्ध गरेपछि सभामुख बास्कोटाले सञ्चारमन्त्रीले राजीनामा दिइसकेको बताए ।

प्रकाशित मिति : बिहीबार, ८ फाल्गुन २०७६ १५:२९
प्रतिक्रिया दिनुहोस्