Logo

प्रदेशस्तरीय पुरुष भलिबलको सेमिफाइनलमा सोलुखुम्बु, झापा, सुनसरी र भोजपुर


फोटो: बिजय तामाङ 
सोलुखुम्बु । तेश्रो मदन स्मृति प्रदेश स्तरीय पुरुष भलिबल प्रतियोगिताको सेमिफाइनलमा सोलुखुम्बु, झापा, सुनसरी र भोजपुर प्रवेश गरेको छ । योङ्ग स्टार क्लवको खेल मैदानमा जारी प्रतियोगिताको बिहिबार सम्पन्न क्वाटर फाइनलमा खोटाङलाई हराउँदै सोलुखुम्बु सेमिफाइनल प्रवेश गरेको हो ।

सोलुखुम्बुले खोटाङलाई २९ – २७, २२ – २५, २५ – १९ र २६ – २४ ले पराजित गरेको हो ।  यस्तै संखुवासभालाई पराजित गर्दै झापा सेमिफाइनल प्रवेश गरेको हो । झापाले संखुवासभालाई १२ – २५, २५ – १९, १९ – २५, २५ – २३ र १५ – १० ले पराजित गरेको हो ।

तेश्रो क्वाटर फाइनलमा सोझो सेटमा धनकुटालाई हराउँदै सुनसरीले सेमिफाइनलमा आफ्नो स्थान पक्का गरेको हो । २५ – ८, २५ – १० र २५ – १८ ले पराजित गरेको हो ।

प्रतिस्पर्धात्मक अन्तिम क्वाटर फाइनलमा ओखलढुंगा भोजपुरसँग पराजित भयो । ओखलढुंगा भोजपुरसँग १४ – २५, २५ – १६, २३ – २५ र २३ – २५ ले पराजित भएको हो ।  मंगलबारदेखि शुरु भएको प्रतियोगिता शनिबार सम्पन्न हुनेछ ।

सेमिफाइनलका खेलहरु शुक्रबार हुनेछ । सेमिफाइनलको पहिलो खेलमा झापा र सोलुखुम्बुको प्रतिस्पर्धा हुनेछ । दोश्रो सेमिफाइनलमा भोजपुर र सुनसरीको प्रतिस्पर्धा हुनेछ ।

शुक्रबार विहान १२ बजेदेखि सुरु हुने सेमिफाइनलमा झापा र सोलुखुम्बु तथा सुनसरी र भोजपुरबीच भिडन्त हुनेछ ।

प्रकाशित मिति : बिहीबार, ८ फाल्गुन २०७६ १७:३९
प्रतिक्रिया दिनुहोस्