Logo

अब ५ रुपैयामै मास्क पाइने


काठमाडौं । बजारमा मास्कको हाहाकार भईरहेको बेला नेपाल चेम्बर अफ कमर्शको सहकार्यमा व्यवसायी दिपक मलहोत्रालगायतले हप्तामा ५ लाख थान सर्जिकल मास्क उत्पादन गर्ने भएका छन् ।

विश्वभर फैलिएको कोरोना भाइरसलाई देखाएर नेपालमा कालोबजारीयाहरुले मास्क लुगाएपछि चेम्बर अफ कर्मशले सक्रियता देखाएको थियो ।

चेम्बरले व्यवसायी दिपक मलहोत्राको संयोजकत्वमा कोरोनाका कारण बजारमा उत्पन्न हुने समस्यामा सहयोग गर्न कमिटि नै गठन गरिसकेको छ ।

मलहोत्राले मास्कको हाहाकार हुन नदिने भारतबाट मास्क बनाउने मेसिन झिकाएको बताए । आफूहरुले नेपालमै एक हप्तामा ५ लाख पिस मास्क उत्पादन गर्ने र सो परिणामको मास्क उत्पादन भएपछि बजारमा अभाव नहुने उनले जानकारी दिए ।

‘हामीले उत्पादन शुरु गरेपछि बजारमा मास्कको भाव हुँदैन, हामी परल मूल्यमै मास्क बिक्री गर्छौं,’ मलहोत्राले भने, ‘कच्चा पदार्थको अभावका कारण अहिले मास्क उत्पादन गर्दा प्रतिगोटा ६ देखि ७ रुपैयाँ पर्ने देखिन्छ, हामी ५ रुपैयाँमै बिक्री गर्छौं ।’

मास्क उत्पादनमा मलहोत्रासँगै चेम्बर अध्यक्ष राजेशकाजी श्रेष्ठ, व्यवसायीहरु दिपक श्रेष्ठ, सुरेन्द्र सारडा, अर्जुन शर्मा लगायतको टोलीले नेपालमै मास्क उत्पादन गर्न लागेको हो ।

प्रकाशित मिति : शनिबार, २४ फाल्गुन २०७६ १०:२४
प्रतिक्रिया दिनुहोस्