Logo

माओवादीका पूर्व सहकमाण्डर राई कांग्रेस प्रवेश


माओवादीका पूर्व कम्पनी सहकमाण्डर अशोककुमार राई नेपाली कांग्रेसमा प्रवेश गरेका छन् ।

नेपाली कांग्रेस सोलुखुम्बु–काठमाडौं सम्पर्क समितिले काठमाडौंमा आयोजना गरेको कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रीय सदस्य बलबहादुर केसीले राईलाई पार्टी सदस्यता प्रदान गरेर पार्टीमा प्रवेश गरे ।

पार्टी प्रवेश कार्यक्रममा बोल्दै राईले देशमा कम्युनिस्ट पार्टीको बहुमतको सरकार हुँदा पनि जनताले अपेक्षा अनुसार नतिजा देख्न नपाएको, इतिहासकै धेरै भ्रष्टाचार भएको गुनासो गरे । ‘अहिले देशमा हत्याहिंसा बढेको छ, बलात्कारीहरूलाई राजनीतिक संरक्षण गरी पीडितको घाउमा नुनचुक लगाउने कार्य कम्युनिस्टले गरेका छन्,’ राईले गुनासो गरे, ‘कम्युनिस्ट पार्टीसँग अब कुनै आशा नरहेकाले म लोकतन्त्रको धरोहर कांग्रेस पार्टीमा प्रवेश गरेको हुँ ।’

कार्यक्रममा बोल्दै कांग्रेस केन्द्रीय सदस्य बलबहादुर केसीले कांग्रेसका नेताहरू अबको समयमा मिल्नुको विकल्प नभएको बताए । कार्यक्रममा प्रमुख अतिथिको रुपमा बोल्दै केसीले केन्द्रदेखि स्थानीय तहसम्मका कांग्रेस नेताहरू मिलेर कम्युनिस्टलाई परास्त गर्नुपर्ने बताए ।

 

‘दुईतिहाइको सरकार देशले पाएपनि जनताले अहिलेसम्म राहतको महसूस गर्न सकेका छैनन्,’ केन्द्रीय सदस्य केसीले भने, ‘स्थानीय तहदेखि केन्द्र सरकारसम्म नै भ्रष्टाचारमा चुर्लुम्म डुबिसकेकाले अब यो सरकारबाट देश र जनताले केही पनि पाउँदैनन् ।’

कार्यक्रममा महाकुलुङ घर भई हाल काठमाडौंको ग्राण्डी अस्पतालमा उपचार गरिरहेका कांग्रेसका क्रियाशील सदस्य गोठमान राईलाई सम्पर्क समितिका अध्यक्ष गोकर्ण बस्नेतले समितिको तर्फबाट १० हजार रुपैयाँ आर्थिक सहयोग गरेका थिए ।

कार्यक्रममा कांग्रेस सोलुखुम्बुका नेता प्रकाशसिंह कार्की, महासमिति सदस्य खिलराज बस्नेत, तरुण दल सोलुखुम्बु सभापति तथा महाधिवेशन प्रतिनिधि अशोककुमार झा, भलाकाजी कुलुङ लगायत नेताको उपस्थिति रहेको थियो ।

प्रकाशित मिति : आईतवार, २५ फाल्गुन २०७६ ०९:३७
प्रतिक्रिया दिनुहोस्
24/7 Live Streamživé statistikyinformazioni Crazy TimeCoin Flip bonusvanliga frågorwatch live statsRoyal Reels mobileWingaga CZ