Logo

कोरोनाबारे भाइरल अडियोको प्रहरीले थाल्यो अनुसन्धान


काठमाडौं । कोरोना भाइरस नेपालमा भित्रिइसकेको भनेर सामाजिक सन्जालमा भाइरल भइरहेको एक अडियोको विषयमा नेपाल प्रहरीले अनुसन्धान थालेको छ ।

प्रहरीका केन्द्रीय प्रवक्ता शैलेस थापा क्षेत्रीले प्रहरीको साइबर व्यूरोले अनुसन्धान थालेको जानकारी दिए । उनले भने, ‘प्रहरी प्रधान कार्यालयले अनुसन्धान गर्न भनेर निर्देशन दिएको थियो, त्यसपछि यो अफवाहको बारेमा अनुसन्धान सुरु भएको छ ।’

उनले यस्ता गलत हल्ला फैलाउने व्यक्तिलाई कारबाही हुने चेतावनी दिए ।

हाल सामाजिक सन्जालमा भाइरल भइरहेको एक अडियो क्लिपमा एक व्यक्तिले नेपालमा कोरोना भाइरस भित्रिइसकेको भनेका छन् ।

 

प्रकाशित मिति : शनिबार, ८ चैत्र २०७६ ११:५५
प्रतिक्रिया दिनुहोस्