Logo

मर्चेन्ट बैंकर एसोसिएसन र नेपाल स्टक ब्रोकर एसोसिएसनले आइतबारदेखि सेवा बन्द गर्ने


मर्चेन्ट बैंकर एसोसिएसन र नेपाल स्टक ब्रोकर एसोसिएसनले आइतबार देखि सेवा बन्द गर्ने भएका छन् । शुक्रवार प्रधानमन्त्री जनताका नाममा गरेको सम्बोधनलाई आधार मान्दै सेवा बन्द गर्ने भएका हुन् ।

शुक्रवार प्रधानमन्त्रीको सम्बोधनमा अत्यावश्यक सेवा बाहेकका सेवा बन्द गर्ने भनिएको थियो । सोही सम्बोधनलाई आधार मान्दै उनीहरूले सेवा बन्द गर्ने भएका हुन्।

मर्चेन्ट बैकर एसोसिएसन र ब्रोकर एसोसिएसनको शनिबार बसेको बैठकमा सबै सदस्यले प्रधानमन्त्रीको निर्देशनको पालना गर्नु पर्ने सहमति गरेपछि आइतबार देखि सेवा बन्द गर्ने भएका हुन् ।शनिवारै दुवै एसोसिएसनमा आबद्ध सबै सदस्यहरूलाई सेवा बन्द गर्न निर्देशन दिएका छन्।‘प्रधानमन्त्रीको सम्बोधनमा अत्यावश्यक सेवा बाहेक सबै सेवा बन्द गर्ने भनिएको छ । मर्चेन्ट सेवा अत्यावश्यक सेवामा नपर्ने भएकोले सेवा बन्द गरिने भएको हो ’ मर्चेन्ट बैंकर एसोसिएसनका अध्यक्ष ध्रुव तिम्सिनाले भने ।

उनीहरूले राष्ट्रमा आएको विषम परिस्थितिमा राज्यलाई सहयोग गर्न सेवा बन्द गर्न लागिएको बताएका छन्। ‘राज्यका हामी पनि नागरिक हौ । राज्यले लिएको निर्णयको विपरीत कसरी जान सकिन्छ ? प्रधानमन्त्रीको निर्देशन अनुसार अत्यावश्यक सेवामा शेयर कारोबार नपर्ने भएकोले आइतबार देखि सेवा बन्द गर्ने सहमति भएको हो।’नेपाल स्टक ब्रोकर एसोसिएसनका अध्यक्ष भरत रानाभाटले भने ।

यस अघि कोरोनाका कारण जनता त्रसित भएको र लगानीकर्ता बजारमा कारोबार गर्न आउन नसक्ने भन्दै लगानीकर्ताले समेत शेयर कारोबार बन्द गर्नु पर्ने माग गरेका थिए ।लगानीकर्ताले सन्तुलित कारोबार गर्न नसक्ने भएकोले कारोबार बन्द गर्नु पर्ने उनीहरूको तर्क थियो । सरकारले अत्यावश्यक सेवा बाहेकका सबै सेवा आइतबार देखि बन्द गर्ने निर्णय गरेको छ ।

प्रकाशित मिति : आईतवार, ९ चैत्र २०७६ ०७:३४
प्रतिक्रिया दिनुहोस्
24/7 Live Streamživé statistikyinformazioni Crazy TimeCoin Flip bonusvanliga frågorwatch live statsRoyal Reels mobileWingaga CZ