Logo

आन्तरिक पर्यटन प्रवर्द्धन गर्न हप्तामा दुई दिन विदा दिने प्रस्ताव मन्त्रिपरिषदमा पेश गर्ने


संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले आन्तरिक पर्यटन प्रवर्द्धन गर्न हप्तामा दुई दिन विदा दिने प्रस्ताव तयार गरी मन्त्रिपरिषदमा पेश गर्ने भएको छ।

मन्त्री योगेश भट्टराईको अध्यक्षतामा मन्त्रालयमा आज बसेको उच्चस्तरीय समूहको बैठकले हप्तामा दुई दिन विदा दिने सम्बन्धमा अध्ययन तथा कार्यदल बनाउने र कार्यदलले प्रस्ताव तयार पारिसकेपछि मन्त्रिपरिषद् बैठकमा पेश गर्ने निर्णय गरेको हो।

पर्यटन मन्त्रालयका सहसचिव तथा पर्यटन महाशाखाका प्रमुख प्रदिपकुमार कोइरालाको संयोजकत्वमा, पर्यटन विभागका प्रमुख रुद्रसिंह तामाङ र नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी निर्देशक धनञ्जय रेग्मी सदस्य रहेको एक समिति निर्माण गरिएको छ।समितिमा अर्थ मन्त्रालय, गृह मन्त्रालय र सामान्य प्रशासन मन्त्रालयका प्रतिनिधिहरुलाई समेत सामेल गरेर अध्ययन प्रस्ताव तयार गर्नेछ।

त्यस्तै बैठकले पशुपति मन्दिर लुिम्बनी, संग्रहालय खोल्ने सम्बन्धमा प्रोटोकल तयार गरी कोरोना क्राइसिस म्यानेजमेन्ट सेन्टर (सीसीएमसी)मा पेश गर्ने निर्णय गरेको छ। बैठकले, बगलादेश, इन्डोनेसिया, रसिया, कोरिया फिनल्यान्डसँग भएको हवाइ सम्झौताहरु असोजभित्र तयार गरी मन्त्रिपरिषदमा पेश गर्ने निर्णय समेत गरेको छ।

त्यस्तै पर्यटन क्षेत्रको पुनरुत्थान कार्यक्रम प्रभावकारी बनाउनका लागि मन्त्रालय, पर्यटन विभाग र नेपाल पर्यटन बोर्ड मिलेर संयुक्त रुपमा कार्यक्रम बनाएर आउँदो बैठकमा पेश गर्ने निर्णय गरेको छ।

बैठकले हप्ता दिनभित्र हवाइ ईन्धन मूल्य पुनरवलोकन तथा हवाइ भाडा सम्बन्धमा ठोस प्रस्ताव तयार गरी मन्त्रालयमा पेश गर्न हवाइ महाशाखा र नेपाल नागरिक उड्डयन प्राधिकरणलाईं निर्देशन दिएको छ।

प्रकाशित मिति : शुक्रबार, ९ आश्विन २०७७ १२:१६
प्रतिक्रिया दिनुहोस्
24/7 Live Streamživé statistikyinformazioni Crazy TimeCoin Flip bonusvanliga frågorwatch live statsRoyal Reels mobileWingaga CZ