Logo

पर्यटन बोर्डको निमित्त सीईओमा वरिष्ठ निर्देशक ऐर नियुक्त


काठमाडौँ — नेपाल पर्यटन बोर्डको निमित्त प्रमुख कार्यकारी अधिकृत (सीईओ) पदमा वरिष्ठ निर्देशक हिक्मत सिंह ऐर नियुक्त भएका छन् ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले सोमबार गरेको निर्णयअनुसार उनलाई कार्यालय प्रमुखको रूपमा कार्यसम्पादन गर्ने जिम्मेवारी दिइएको हो । ऐर विगत २६ वर्षदेखि बोर्डमा कार्यरत छन् ।

सरकारले अध्यादेश जारी गरेपछि बोर्डका तत्कालीन सीईओ दीपकराज जोशी पदमुक्त भएका थिए । जसका कारण नेतृत्व पद खाली भएको थियो । सोही रिक्तता पूर्ति गर्न हालका लागि वरिष्ठताको आधारमा ऐरलाई निमित्त सीईओको जिम्मेवारी दिइएको बोर्डले विज्ञप्तिमार्फत जनाएको छ ।

 

 

प्रकाशित मिति : मंगलवार, २२ बैशाख २०८३ २२:३२
प्रतिक्रिया दिनुहोस्
24/7 Live Streamživé statistikyinformazioni Crazy TimeCoin Flip bonusvanliga frågorwatch live statsRoyal Reels mobileWingaga CZ