Logo

लयमा फर्किदै पर्यटन क्षेत्र, हिउँदे सिजनका लागि हिमाल चढ्न १० टोलीले लिए अनुमति


photo by google

काठमाडौं, २१ माघ । कोभिड १९ (कोरोना भाइरस)को महामारीले थिल्थिलो बनेको पर्यटन क्षेत्र बिस्तारै लयमा फर्किन थालेको संकेत मिलेको छ । यसैबीच, मंगलबारसम्म हिँउदे सिजनमा हिमाल आरोहणका लागि १० आरोहण दलका ४५ जनाले अनुमति लिएका छन् ।

सामान्यतयाः हिउँदे सिजनमा साना र होँचा हिमाल चढेर सगरमाथा आरोहणका लागि तयारी गर्ने गरिन्छ । पर्यटन विभागका अनुसार हिउँदे सिजनका लागि सगरमाथा आरोहणमा भने कुनै पनि दल इच्छुक देखिएनन् ।

विभागको तथ्यांकअनुसार यो वर्ष ८ हजार मिटर माथिको मनास्लु आरोहण गर्न दुई दलले अनुमति लिएका छन् । मनास्लुका लागि दुई आरोहण दलका १४ सदस्यले अनुमति लिएका हुन् ।

लुजा पीक (५७२६ मि.)चढ्न एक टोलीका तीन सदस्यले अनुमति लिएका छन् । यस सिजनमा जारी भएका अनुमतिबाट सरकारले ८ लाख ९६ हजार ५ रुपैयाँ रोयल्टी संकलन गरेको छ ।

प्रकाशित मिति : बुधबार, २१ माघ २०७७ १६:४६
प्रतिक्रिया दिनुहोस्