Logo

एनएमएविरुद्ध उच्च अदालत पाटनमा दर्ता भएको रिट खारेज


काठमाडौं । नेपाल पर्वतारोहण संघ (एनएमए)को वार्षिक साधारणसभा रोक्न भन्दै उच्च अदालत पाटनमा दर्ता भएको रिट खारेज भएको छ । सदस्यता वितरण र साधारणसभाको सूचना नपाएको भन्दै संघका सदस्य विकास रत्न तुलाधरले गत फागुन १३ गते रिट दर्ता गरेपछि अदालतले फागुन १६ गते १० बजे छलफलका लागि बोलाएर रिस इबीका कारण ठहर गर्दै रिट नै खारेज गरिदिएको हो ।

संघको फागुन १६ गते वार्षिक साधारणसभा राख्ने गरी अन्तिम तयारी गरी सकेको थियो । तर, अदालतले १४ गते साधारणसभा नगर्नु भन्दै अल्पकालिन आदेश जारी गरेपछि संघले सम्मानीत अदालतको आदेशको पुर्ण पालना गर्दै साधारणसभा स्थगित गरेको थियो ।

साधारणसभा स्थगित भएपछि लाखौ रुपैयाँ नेपाल पर्वतारोहण संघलाई नोक्सान भएको जनाएको छ । सस्थाले नोक्सान खेप्नु समग्र पर्वतारोहीको लेवि र हिमालको रोयल्टी खर्च भएको भन्दै दोषी उपर कारवाही हुनु पर्ने संघका अध्यक्ष शन्तविर लामाको माग छ । साधारणसभा गर्नु भन्ने अदालतको आदेश नभएसम्म संघले सभा नगर्ने समेत अध्यक्ष लामाले नेपालन्युजलाई जनाएको छ ।

प्रकाशित मिति : बुधबार, १९ फाल्गुन २०७७ २२:५०
प्रतिक्रिया दिनुहोस्
24/7 Live Streamživé statistikyinformazioni Crazy TimeCoin Flip bonusvanliga frågorwatch live statsRoyal Reels mobileWingaga CZ