Logo

ओलीको स्पष्टीकरणको अर्थ छैन, जबर्जस्ती अगाडि बढ्न खोजे मानहानीको मुद्दा हाल्छौं: रामकुमारी झाँक्री


काठमाडौं– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली पक्षले केन्द्रीय कमिटी बैठकबाट २२ जना सांसदलाई अनुशासनको कारबाहीका लागि भन्दै सोधेको स्पष्टीकरणको कुनै अर्थ नभएको टिप्पणी एमाले केन्द्रीय सदस्य रामकुमारी झाँक्रीले गरेकी छन्। उनले स्पष्टीकरणको अर्थ नभएको, स्पष्टीकरण नदिइने र जबर्जस्ती कारबाहीको निर्णय गरे अदालतको मानहानीमा मुद्दा हाल्ने चेतावनीसमेत दिइन्।

एमालेका २२ जना प्रतिनिधि सभा सदस्यले आइतबार प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिएका थिए। २२ जनामा झाँक्री पनि थिइन्। सोमबार बसेको एमाले केन्द्रीय कमिटी बैठकले उनीहरुलाई अनुशासनको कारबाहीका लागि २४ घण्टे स्पष्टीकरण सोध्ने निर्णय गरेको थियो।

‘त्यो आफैंमा अवैधानिक कमिटी हो, त्यसलाई स्पष्टीकरण सोध्ने अधिकार नै छैन, हामी अवैधानिक कमिटीले सोधेको स्पष्टीकरणको जवाफ दिँदैनौं’, झाँक्रीले भनिन्, ‘जबर्जस्ती अगाडि बढ्न खोजे भने यो सीधा अदालतको मानहानी हुने विषय हो, हामी मानहानीको मुद्दा हाल्छौं।’

प्रकाशित मिति : सोमबार, ४ श्रावण २०७८ २२:५२
प्रतिक्रिया दिनुहोस्
24/7 Live Streamživé statistikyinformazioni Crazy TimeCoin Flip bonusvanliga frågorwatch live statsRoyal Reels mobileWingaga CZ