Logo

यी हुन् सोलुखुम्बुका ८ स्थानीय तहमा अध्यक्ष बनेका माओवादी केन्द्रका नेताहरु


सोलुखुम्बु – नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)ले सोलुखुम्बुको ८ वटै स्थानीय तह र ५२ मध्ये ५१ वडामा सम्मेलन सम्पन्न गरेको छ । खुम्बु पासाङल्हामू गाउँपालिकाबाट पालिका अधिबेशन शुरु गरेको माओवादी केन्द्रले माप्य दुधकोशी गाउँपालिकाको पालिका नेतृत्व चयन गरेर सम्मेलन सम्पन्न गरेको छ । कात्तिक ११ मा खुम्बुमा सम्मेलन गरेको माओवादीले मंसिर १९ गते माप्य दुधकोशीमा सम्मेलन आयोजना गरेको थियो ।

सम्मेलनबाट खुम्बु पासाङल्हामू गाउँपालिकामा दीपक भुजेलको अध्यक्षतामा ३५ सदस्यीय पालिका कमिटी गठन गरेको छ । ५ वडा रहेको खुम्बुमा माओवादीले क्रमशः लाक्पा ग्याल्जेन शेर्पा, धनकुमार तामाङ, ङवाङ लाक्पा शेर्पा, पासाङ नुरु शेर्पा र गेलु शेर्पालाई वडाअध्यक्षको जिम्मेवारी दिएको छ ।

लिखुपिके गाउँपालिकामा शंकर बस्नेतको अध्यक्षतामा ५५ सदस्यीय पालिका गठन गरेको माओवादीले लिखुपिके १ मा छिरी शेर्पा, लिखुपिके २ मा चरित्र बहादुर थापा, लिखुपिके ३ मा गोबरधन बस्नेत, लिखुपिके ४ मा विष्णु बहादुर बस्नेत र लिखुपिके ५ मा विकास बस्नेतलाई वडाको नेतृत्व हस्तान्तरण गरेको छ ।

जिल्लाको एकमात्र नगरपालिका सोलुदुधकुण्डमा दीपक श्रेष्ठ (रक्की) अध्यक्ष बनेका छन् । ६५ सदस्यीय नगर कमिटी गठन गरिएको छ । ११ वडा रहेको सोलुुधकुण्डमा माओवादीले क्रमशः रामवीर राई, कान्छा शेर्पा, टेक बहादुर मगर, सन्च राई, ङिमा शेर्पा, दावा शेर्पा, ङिमागेलु लामा, ङवाङ गेल्जेन शेर्पा, साङगे तामाङ, धर्मराज मगर र ललित बहादुर बस्नेतलाई वडा अध्यक्षको जिम्मेवारी दिएको छ ।

सोताङ गाउँपालिकामा गोविन्द नाछिरिङ राईको अध्यक्षतामा ५५ सदस्यीय पालिका कमिटी गठन गरिएको छ । सन्तोष गुरुङ, पेम्बा शेर्पा, विष्णुकुमार श्रेष्ठ, वीरबहादुर राई र टेक बहादुर राईलाई वडा नेतृत्वमा चयन गरिएको छ ।

महाकुलुङ गाउँपालिकामा विरेन्द्र कुलुङ माओवादीको पालिका अध्यक्ष बनेका छन् । ५५ सदस्यीय पालिका कमिटी गठन गरिएको छ । ५ वडा रहेको महाकुलुङमा क्रमशः सुमन किराँती, चम्फावीर विश्वकर्मा, सरोज कुलुङ, सूर्य कुलुङ र धन भाग्य माओवादीको वडाअध्यक्ष बनेका छन् ।

नेचासल्यान गाउँपालिकामा सीताराम भट्टराईको अध्यक्षतामा ५५ सदस्यीय पालिका कमिटी गठन गरिएको छ । ५ वडामा क्रमश: जमीन राई, डिक बहादुर राई, लोकनाथ वास्तोला, सुरेश राई र दिवस राईलाई वडाको नेतृत्व दिइएको माओवादी केन्द्र नेचासल्यानले जनाएको छ ।

थुलुङ दुधकोशी गाउँपालिकामा माओवादी केन्द्रका पालिका अध्यक्ष दिलबहादुर नेपाली (घनश्याम) चयन भएका छन् । पालिकामा ५५ सदस्यीय कमिटी गठन गरिएको छ । ९ वडा रहेको थुलुङ दुधकोशीमा क्रमशः एकराज कार्की, शम्भु बस्नेत, नारायण निरौला, हर्कराज राई, प्रकाश राई, मोहन कुमार राई, हरिचन्द्र राई, सुवास बस्नेत र सनकुमार तामाङ वडा अध्यक्षमा चयन भएका छन् ।

माप्य दुधकोशी गाउँपालिकामा आईतबार सम्पन्न अधिबेशनबाट प्रकाश खालिङ अध्यक्ष बनेका छन् । खालिङको अध्यक्षतामा ५५ सदस्यीय पालिका कमिटी गठन गरिएको छ । ७ वडा रहेको माप्य दुधकोशीमा माओवादीले मणिराम राई, मनोज राई, निरु राई, भिषण राई, डिकशेर राई, भिमराज राई र एलिसा शेर्पा वडा नेतृत्वको जिम्मेवारी दिएको छ ।

पार्टीको विधानअनुसार जिल्लामा पार्टीको समन्वय समिति मात्रै रहने भएकाले जिल्ला सम्मेलन नहुने र कार्यकारी अधिकार सिधै स्थानीय समितिलाई प्रदान गरिएको माओवादी केन्द्रले जनाएको छ । himalsamachar.com

प्रकाशित मिति : बिहीबार, २३ मंसिर २०७८ २०:५०
प्रतिक्रिया दिनुहोस्