Logo

नाछिरिङ साखाम केन्द्रको काठमाडौंमा ‘मुन्धुम घर’ निर्माण सुरु


काठमाडौं । किरात रादु नाछिरिङ साखाम केन्द्रले काठमाडौंमा रिदुम खिम (मुन्धुम घर) निर्माण सुरु गरेको छ ।
पूर्वी नेपालमा बसोबास गर्ने नाछिरिङ समुदायले आफ्नो सामुदायिक हित, भाषा, संस्कार, संस्कृति, विकास, संरक्षण एवं प्रवर्द्धनका लागि रिदुम खिम निर्माण सुरु गरेको हो ।

दुई करोड २८ लाख ५४ हजार ९२५ रुपैयाँको लागतमा निर्माण हुने गरी काम थालिएको हो । ८२ लाख ९७ हजार ९२५ रुपैयाँमा ६ आना जग्गा खरिद गरेर रिदुम खिम निर्माणको काम सुरु गरिएको हो ।

चालु आर्थिक वर्षभित्र एक तला फिनिसिङ गरिने किरात रदु नाछिरिङ साखाम केन्द्रका महासचिव गान्धीव किरातीले बताए । गोकर्णेश्वर नगरपालिका–४ उत्तरगया र उत्तरवाहिनीमा साढे तीन तलाको रिदुम खिम मुन्धुम घर निर्माण सुरु गरिएको हो ।

चन्दा तथा सहयोग जुटाएर दुई वर्षभित्र रिदुम खिम निर्माण कार्य सम्पन्न गरिने केन्द्रले जनाएको छ ।

प्रकाशित मिति : आईतवार, २६ मंसिर २०७८ १८:१३
प्रतिक्रिया दिनुहोस्