Logo

महिला संघ सोलुखुम्बुको अध्यक्षमा सरला नाछिरिङ


सोलुखुम्बु – नेपाली कांग्रेसनिकट नेपाल महिला संघ जिल्ला कार्यसमिति सोलुखुम्बुको अध्यक्षमा सरला नाछिरिङ राईलाई मनोनित गरिएको छ । नेपाल महिला संघ केन्द्रीय कार्यसमितिले रिक्त जिल्ला तदर्थ समितिको अध्यक्षमा नाछिरिङलाई मनोनयन गरेको हो ।

संघका केन्द्रीय अध्यक्ष उषा रावल मिश्रद्वारा हस्ताक्षरित मनोनयन पत्रमा देशभरको लोकतान्त्रिक महिलाहरुको एक मात्र साझा संस्था नेपाल महिला संघलाई थप सुदृढ एवं गतिशिल बनाउन भुमिका रहने विश्वास लिइएको उल्लेख छ ।

प्रकाशित मिति : बिहीबार, १८ श्रावण २०८० १४:२२
प्रतिक्रिया दिनुहोस्