Logo

कराते प्रशिक्षक सोनी राईले पाईन् तेश्रो डानको उपाधी


काठमाडौं । दुबईमा विगत २ वर्षदेखी कराते प्रशिक्षण गराउदै आएकी कराते खेलाडी तथा प्रशिक्षक सोनी राईले दुबईमा सफलताका साथ जेकेए सोतोकान करातेको तेश्रो डान उपाधी प्राप्त गर्न सफल भएकी छन्।

दुबईको कराते ३६५ क्लबमा आबद्ध भएर कराते प्रशिक्षण गराईरहेकी सोनीलाई जापानबाट आएका कराते सेन्से सिहान कोइचिरो ओकुमाले डान प्रमाणपत्र हस्तान्तरण गरेका हुन् ।

यसअघि नेपाल पुलिस क्लबमा आवद्ध राईले नवौं राष्ट्रिय गेममा स्वर्ण पदक, प्रथम मेयर कप २०२२ मा स्वर्ण पदक, प्रथम र दोस्रो कृष्णप्रसाद भट्टराई स्मृति राष्ट्रिय कराते प्रतियोगितामा स्वर्ण पदक लगायत बिभिन्न राष्ट्रिय खेलहरुमा पदक जित्न सफल भएकी थिईन् ।

त्यसैगरी २०२४ मा दुबईको इकोनोमी र पर्यटन विभाग तथा दुबईका युवराज, शेख हमदान बिन मोहम्मद बिन रशिद अल मकतूम द्वारा प्रवर्धन गरिएको दुबई फिटनेस च्यालेन्जमा कोचको भुमिका निर्वाह गर्दै सफलताका साथ कराते प्रशिक्षण गराएकी थिईन् । राई नेपालको तर्फबाट कराते प्रशिक्षण गराउने पहिलो नेपाली कराते कोच हुन् ।

प्रकाशित मिति : बुधबार, २४ बैशाख २०८२ २१:०८
प्रतिक्रिया दिनुहोस्
24/7 Live Streamživé statistikyinformazioni Crazy TimeCoin Flip bonusvanliga frågorwatch live statsRoyal Reels mobileWingaga CZ