Logo

क्लाईम्बिङ्ग स्पोर्ट एसोसिएसनको अध्यक्षमा धरेल निर्वाचित


काठमाडौ । नेपाल क्लाईम्बिङ्ग स्पोर्ट एसोसिएसनको छैटौं अधिवेशनले अध्यक्ष हरि प्रसाद धरेलको अध्यक्षतामा नयाँ कार्यसमिति निर्वाचित गरेको छ ।

एसोसिएसनको वरिष्ठ उपाध्यक्ष रमेश पौडेल, उपाध्यक्ष सुनार बहादुर गुरुङ, मनोनीत उपाध्यक्ष ल्हाक्पा शेर्पा, महासचिव सन्तोष मादेन, दुई सचिवमा सुजित कँडेल र सन्जिब गुरुङ, कोषाध्यक्ष कान्छी डोल्मा ह्योल्मो तथा सह कोषाध्यक्ष प्रणिल मान श्रेष्ठ निर्वाचित हुनुभएको छ ।

त्यस्तै सदस्यहरुमा अशोक लामा,सदस्य रामकाजी तिवारी,सदस्य डोलेन्द्र राज दाहाल,सदस्य मनराज शिंखडा,सदस्य राजेश धरेल,सदस्य मन्जु गिरि,सदस्य शिव बहादुर सापकोटा निर्वाचित हुनुभएको छ।

नवनिर्वाचित कार्यसमितिले प्रमुख सल्लाहकारमा गोबिन्द भट्टराई र उप सल्लाहकार पि एन अधिकारी मनोनीत गरेको छ। खुल्ला सत्रको कार्यक्रमका प्रमुख अतिथि राखेप सदस्य सचिव टंकलाल घिसिङ्ग हुनुहुन्थ्यो भने बिशेष अतिथि टोखा नगरपालिकाका मेयर प्रकाश अधिकारी हुनुहुन्थ्यो।

हरि प्रसाद धरेलको अध्यक्षतामा भएको कार्यक्रम राष्ट्रिय खेलकुद परिषद् (राखेप) सदस्य सचिव टंकलाल घिसिङको आतिथ्यता तथा टोखा नगरपालिकाका मेयर प्रकाश अधिकारीको विशेष आतिथ्यता रहेको थियो ।

नवनिर्वाचित कार्यसमितिका टिमलाई राखेप पुर्व सदस्य सचिव जीवनराम श्रेष्ठले खादा तथा अबिर लगाएर शुभकामना दिनुभएको थियो । सन् २०१२ मा स्थापित नेपाल क्लाईम्बिङ स्पोर्ट एसोसिएसनको छैटौं अधिवेशन आज काठमाडौंको बसुन्धरास्थित गोधुली फुडल्याण्ड एन्ड इभेन्ट्सको सभाहलमा सम्पन्न भएको हो ।

 

प्रकाशित मिति : शनिबार, २७ श्रावण २०८० २२:१३
प्रतिक्रिया दिनुहोस्
24/7 Live Streamživé statistikyinformazioni Crazy TimeCoin Flip bonusvanliga frågorwatch live statsRoyal Reels mobileWingaga CZ