Logo

मिड सोलु हाइड्रोपावरको आईपीओ भर्ने समय थप


सोलुखुम्बु :  मिड सोलु हाइड्रोपावर लिमिटेडले साउन १४ गते देखि निष्काशन गरेको पहिलो चरणको आईपीओमा आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दालाई आवेदन दिने समय थप गरिएको छ । समय थप गर्दै कम्पनीको आईपीओमा अब साउन ३० गतेसम्म आवेदन दिन सकिने  तय गरिएको छ ।

यद्यपि, मागभन्दा बढी आवेदन पर्न आएमा कम्पनीले सो मिति अगावै निष्काशन बन्द गर्न सक्ने जानकारी दिएको छ ।  तेस्तै वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि भने आजबाट  बन्द भएको छ ।

कम्पनीले आफ्नो जारी पूँजी ७४ करोड ८४ लाख रुपैयाँको १० प्रतिशत अर्थात ७ करोड ४८ लाख ४० हजार रुपैयाँ बराबरको प्रति सेयर १०० रुपैयाँको दरले ७ लाख ४८ हजार ४०० लाख कित्ता साधारण सेयर आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाहरुका लागि निष्कासन गरेको हो ।

जसमध्ये पनि ५ लाख ६१ हजार ३०० कित्ता सेयर आयोजना अति प्रभावित क्षेत्र सोलु दुधकुण्ड नगरपालिका वडा नं ३, ४, ५, ६, ६ र ८ का बासिन्दाहरुलाई बाँडफाँट गरिनेछ भने १ लाख ८७ हजार १०० कित्ता सेयर सो बाहेकका सोलुखुम्बु जिल्लाको आयोजना प्रभावित क्षेत्रमा बसोबास गर्ने स्थानीय बासिन्दाहरुका लागि बाँडफाँट गरिने तय गरिएको छ ।

कम्पनीले  ९.५ मेगावाटको मध्य सोलु जलविद्युत आयोजना निर्माण गरिसकेको छ । यस आयोजनाको कुल अनुमानित लागत २ अर्ब ८ करोड ४१ लाख ६३ हजार ६२८ रुपैयाँ रहेको छ भने प्रतिमेगावाट कुल अनुमानित लागत २१ करोड ९३ लाख ८५ हजार ६४५ रुपैयाँ ५ पैसा रहेको छ । आयोजनाले २०७९ पुस १५ गतेदेखि नियमित रुपमा विद्युतको व्यापारिक उत्पादन गरिरहेको छ ।

प्रकाशित मिति : आईतवार, २८ श्रावण २०८० १६:०३
प्रतिक्रिया दिनुहोस्