Logo

थुलुङ दुधकोशी गाउँपालिकाले काठमाडौंमा सञ्चालन गरेको एकीकृत शिबिरबाट पन्ध्र सय बढीले लिए सेवा


काठमाडौं । सोलुखुम्बु जिल्लाको थुलुङ दुधकोशी गाउँपालिकाले काठमाडौंमा सञ्चालन गरेको एकीकृत सेवा शिबिर मंगलबारबाट औपचारिक रूपमा सम्पन्न भएको छ ।

गाउँपालिका अध्यक्ष अशिम राईले आइतबार उद्घाटन गरेपछि औपचारिक रूपमा सुरु भएको सो शिबिर मंगलबार सम्पन्न भएको हो। तीन दिने एकीकृत सेवा शिबिरबाट थुलुङ दुधकोशी गाउँपालिकाबाट राजधानी काठमाडौं आएर विभिन्न कारणले बसोबास गरिरहेका १ हजार ५ सय २४ जना सर्बसाधारण लाभान्वित भएको गाउँपालिका प्रबक्ता भोज राज कार्कीले जानकारी दिए ।

कार्कीका अनुसार शिबिरको पहिलो दिन तेस्रो दिन ३७८,दोश्रो दिन ५३९ र तेस्रो तथा अन्तिम दिन,सबैभन्दा बढी ५९७ जनाले सेवा प्राप्त गरेका थिए । नवदुर्गा पार्टी भेन्युमा सञ्चालित सेवा शिबिर औपचारिक रूपमा सम्पन्न भए पनि कतिपय सेवाग्राहीहरुको काम अझै बाँकी रहेको उनले बताए । कार्कीले भने – ‘शिबिर औपचारिक रूपमा सकियो, तर काम बांकी छन् । बांकी सेवाग्राहीहरुलाई अनुकूल स्थानमा बोलाएर हामी सेवा प्रवाह गर्नेछौं ।’

अशक्त,अपांग,बिरामी र विभिन्न पेशा ब्यबसायमा संलग्न भएर काठमाडौंमा रहेका पालिकाबासीलाई बर्षाको समयमा जिल्लासम्म पुग्न समस्या हुने कुरालाई दृष्टिगत गरेर काठमाडौंमा सेवा शिबिर सञ्चालन गरिएको गाउँपालिका अध्यक्ष राईले बताए । ‘आर्थिक बर्ष भरखरै सुरु भएका कारण पालिकामा कामको चाप कम भएको मौका छोपेर पालिकाबासीलाई सहज सेवा दिउं भनेर काठमाडौंमा एकीकृत सेवा शिबिर सञ्चालन गरियो,अध्यक्ष राईले भने-‘यो निकै प्रभावकारी भएको महसुस मैंले गरेको छु।’

प्रतिकूल समयमा काठमाडौंमै सेवा शिबिर सञ्चालन गरेर एउटै थलोबाट सामाजिक सुरक्षा भत्ता दर्ता तथा नविकरण, मालपोत तथा भुमि कर संकलन, जन्म मृत्यु दर्ता, बसाई सराई, राष्ट्रिय परिचय पत्र वितरण लगायतका सेवा प्रवाह गर्नु प्रशंसनीय रहेको भन्दै सर्बसाधारणहरुले पालिका नेतृत्वप्रति खुसी व्यक्त गरेका छन् ।

प्रकाशित मिति : मंगलवार, १४ श्रावण २०८२ १९:१०
प्रतिक्रिया दिनुहोस्
24/7 Live Streamživé statistikyinformazioni Crazy TimeCoin Flip bonusvanliga frågorwatch live statsRoyal Reels mobileWingaga CZ