निजामती सेवा दिवसको अवसरमा सोलुमा व्याटमिन्टन प्रतियोगिता, ३६ टिम सहभागि
सोलुखुम्बु : जिल्ला प्रशासन कार्यालय सोलुखुम्बुले निजामती सेवा दिवसको अवसर पारेर आयोजना गरेको व्याटमिन्टन प्रतियोगिता शुक्रबार सुरु भएको छ । “व्यावसायिक र सिर्जनशील प्रशासनः विकास, समृद्धि र सुशासन” भन्ने नाराका साथ सोलु दुधकुण्ड नगरपालिकामा सो कार्यक्रम आयोजना गरेको हो ।
आयोजकका अनुसार जिल्ला स्तरीय निजामती कर्मचारी पुरुष, जिल्ला स्तरीय निजामती खुल्ला महिला डबल र जिल्ला स्तरीय निजामती खुल्ला पुरुष डबल गरि ४६ टिम सहभागी भएका छन् ।
जिल्ला स्तरीय निजामती कर्मचारी पुरुष डबलतर्फ प्रथम, द्धितिय र तृतिय हुने टिमलाई ३ हजार, २ हजार र १/१ हजार रुपैयाँ नगदको साथमा ट्रफि, मेडल र प्रमाणपत्र पुरस्कार प्रदान गरिने छ । जिल्ला स्तरीय निजामती खुल्ला महिला डबलतर्फ प्रथम, द्धितिय र तृतिय हुने टिमलाई क्रमश ३ हजार, २ हजार, १/१ हजार रुपैयाँको साथमा ट्रफि, मेडल र प्रमाण पत्र प्रदान गरिने छ ।
यसैगरि जिल्ला स्तरीय निजामती खुल्ला पुरुष डबलतर्फ प्रथम, द्धितिय र तृतिय हुने टिमलाई क्रमश ५ हजार, ३ हजार, २/२ हजार रुपैयाँको साथमा ट्रफि, मेडल र प्रमाण पत्र प्रदान गरिने छ ।
आयोजकका अनुसार बिडब्लुएफ/एनबिएको नियम अनुसार सम्पुर्ण खेलहरु खेलाइने छ । उद्घाटन कार्यक्रमको प्रमुख अतिथि कोशी प्रदेशका पुर्व सामाजिक विकास मन्त्री बुद्धिकुमार राजभण्डारीले निजामती कर्मचारीहरुको कामलाई सम्मान गर्दै निजामती ऐन कार्यान्वयन गर्ने बताउँनुभयो । स्थानीय, संघ र प्रदेशका कर्मचारीलाई सम्मान व्यहार हुने विधेयक ल्याउने बताउँनुभयो ।
त्यस्तै कार्यक्रममा सोलु दुधकुण्ड नगरपालिकाका उपमेयर गान्धिमायाँ तामाङले निजामती कर्मचारीहरुलाई शुभकामना दिदै व्याटमिन्टन प्रतियोगिता सफलताको शुभकामना व्यक्त गर्नुभयो ।
सोलुखुम्बुका प्रमुख जिल्ला अधिकारी बसन्त भट्टराईले निजामती दिवसको शुभकामना दिँदै प्रतियोगिता सबैका लागि लाभदायक हुने विश्वास व्यक्त गर्नुभयो ।
दिवसको अवसरमा जिल्ला प्रशासन कार्यालयले सल्लेरीमा प्रभातफेरीसमेत आयोजना गरेको थियो ।