Logo

सोलुखुम्बुमा प्रथम कोशी प्रदेश स्तरीय पुरुष भलिबल प्रतियोगिता सुरु


सोलुखुम्बु । सोलुखुम्बुमा प्रथम कोशी प्रदेश स्तरीय पुरुष भलिबल प्रतियोगिता सुरु भएको छ । राष्ट्रिय युवा सङ्घ नेपाल जिल्ला कमिटी सोलुखुम्बुको आयोजनामा खेल आजदेखि सुरु भएको हो ।

खेलकुद जगतलाई अझ फराकिलो र बृहत् बनाउँदै खेलकुदको माध्यमबाट युवा शक्ति र युवा प्रतिभाहरूलाई सक्रिय बनाई समाज परिवर्तन गर्ने उद्देश्यका साथ भलिबल प्रतियोगिताको आयोजना गरिएको राष्ट्रिय युवा सङ्घ नेपाल जिल्ला कमिटी सोलुखुम्बुका अध्यक्ष प्रवेश किराँतीले जानकारी दिनुभयो ।

प्रतिनिधि सभा सदस्य मानवीर राईले प्रमुख अतिथिको आसनबाट सम्बोधन गर्दै खेलकुद क्षेत्रमा कुनै राजनीति नगरी निष्पक्ष तवरबाट प्रतियोगिता समापन गर्न आग्रह गर्नुभयो ।

सांसद एवं पूर्व मन्त्री बुद्धिकुमार राजभण्डारीले भलिबल प्रतियोगितामा पहिले र अहिलेको तुलनामा खेलका नियमहरू परिवर्तन भएकाले सोही बमोजिम खेलाडीहरूलाई रेफ्रिहरुले नियम पालना गर्न आग्रह गर्नुभयो ।

वहाँले पूर्वमन्त्रीको हैसियतमा जिल्लाको खेलकुदलाई मजबुत बाउनका लागि बजेट उपलब्ध गराउने बताउँदै सोलुखुम्बुको सदरमुकाम सल्लेरीमा उपयुक्त खेलमैदान बनाउनका लागि जनजागृति माध्यमिक विद्यालयको खेल मैदानलाई थप व्यवस्थापन गर्नका लागि आफूले पहल गर्ने उहाँको भनाई छ ।

जिल्ला समन्वय समिति सोलुखुम्बुका प्रमुख कृष्ण प्रसाद निरौलाले कार्यक्रम सफलताको शुभकामना व्यक्त गर्दै आपसी भाइचारा र देशकै परिचय साथै अनुशासनको पाठ सिकाउने एक बलियो माध्यम खेलकुद भएको उल्लेख गर्नुभयो ।

यस्तै नेकपा एमाले जिल्ला कमिटी सोलुखुम्बुका अध्यक्ष डुफकुमार बास्तोलाले युवा सङ्घ नेपालले स्थापनाकाल देखि नै देशमा विकृति विसङ्गतिको विरुद्धमा आवाज उठाइरहेको बताउँदै राष्ट्र निर्माणमा युवा सङ्घको महत्पूर्ण भूमिका रहेको उल्लेख गर्नुभयो । वहाँले समन्वय, एकता र अनुशासन कायम गर्ने उद्देश्यका साथ राजनीतिक विषयलाई घटाउँदै जिल्लाको समृद्धिको खाका कोर्ने गरी रचनात्मक कार्यक्रमको आयोजना गरेको बताउँदै खुसी व्यक्त गर्नुभयो ।

प्रतियोगितामा ओखलढुगांको एक टिम र सोलुखुम्बुका ७ टिम गरी ८ टिमको सहभागिता रहेको आयोजकले जनाएको छ । प्रतियोगिताका प्रथम, द्वितीय, तृतीय र चौथो हुने टिमलाई क्रमशः दुई लाख, एक लाख ५० हजार, एक लाख र २५ हजार रुपैयाँ नगद प्रदान गरिने आयोजकले जनाएको छ ।

सर्वोत्कृष्ट खेलाडीलाई ५ हजार, उत्कृष्ट सटर, उत्कृष्ट ब्लक र, उत्कृष्ट डिफेन्डर, उत्कृष्ट सेटरलाई ३ ३ हजार रुपैयाँ नगद प्रदान गरिने साथै उदीयमान खेलाडीका रूपमा २० वर्षमुनिका खेलाडीलाई प्रोत्साहन स्वरूप ३ हजार रुपैयाँ प्रदान गरिने अध्यक्ष किराँतीको भनाई छ । कार्यक्रम जिल्ला समन्वय समिति सोलुखुम्बुको प्राङ्गणमा भइरहेको छ ।

solufm

प्रकाशित मिति : बुधबार, २३ फाल्गुन २०८० १३:४२
प्रतिक्रिया दिनुहोस्
24/7 Live Streamživé statistikyinformazioni Crazy TimeCoin Flip bonusvanliga frågorwatch live statsRoyal Reels mobileWingaga CZ