Logo

कांग्रेस सोलुखुम्बु प्रदेश सभा‘ख’द्वारा काठमाडौंमा शुभकामना आदन प्रदान तथा चियापन कार्यक्रम सम्पन्न


सोलुखुम्बु । नेपाली कांग्रेस सोलुखुम्बु प्रदेश सभा‘ख’ले नयाँ वर्षको अवसरमा काठमाडौंमा शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम आयोजना गरेको छ । नयाँ वर्ष २०८१ को अवसरमा सोमबार चाबहिलमा अवस्थित काठमाडौं हाइट बुटिक होटलमा शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम आयोजना गरेको हो ।

नेपाली कांग्रेस सोलुखुम्बु प्रदेश सभा‘ख’का सभापति कर्मा शेर्पाको सभापतित्वमा सम्पन्न कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं पुर्वमन्त्री बलबहादुर केसी, केन्द्रीय सदस्य तथा कांग्रेस पर्यटन विभाग प्रमुख आङगेलु शेर्पा, केन्द्रीय सदस्य एवंम् सांसद उदय शमसेर राणा, कांग्रेस कोशी प्रदेशका महामन्त्री तथा प्रदेशका सचेतक भुपेन्द्र राई लगायतका नेताहरुको उपस्थिति रहेको आयोजकले जनाएको छ ।
उक्त कार्यक्रममा पार्टीका विभिन्न तहका नेता कार्यकर्ता,भातृ संघ संगठनका प्रमुख तथा प्रतिनिधि लगायत गरी करिब २ सय जना नेता कार्यकर्ताहरु सहभागी भएका थिए ।

प्रकाशित मिति : मंगलवार, ४ बैशाख २०८१ १३:१५
प्रतिक्रिया दिनुहोस्
24/7 Live Streamživé statistikyinformazioni Crazy TimeCoin Flip bonusvanliga frågorwatch live statsRoyal Reels mobileWingaga CZ