Logo

संक्रमणकालीन न्याय सम्बन्धी विधेयक प्रतिनिधि सभाबाट पारित


काठमाडौ । बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरूपण तथा मेलमिलाप आयोग तेस्रो संशोधन विधेयक २०८१ प्रतिनिधि सभाबाट पारित भएको छ। बुधबारको प्रतिनिधि सभा बैठकमा यो विधेयकमाथि दलीय आधारमा सांसदहरूले धारणा राखेका थिए।

त्यसपछि विधेयकलाई निर्णयार्थ प्रस्तुत गरिएको थियो। विधेयकका पक्षमा नेमकिपाका सांसद प्रेस सुवालबाहेक अरू दल तथा स्वतन्त्र सांसदहरू उभिएका थिए।

सभामुख देवराज घिमिरेले बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरूपण तथा मेलमिलाप आयोग तेस्रो संशोधन विधेयक २०८१ बहुमतबाट पारित भएको घोषणा गरेका छन्। लामो समयदेखि विवादित यो विधेयकमा हालै दलहरूबीच सहमति जुटेर संसद्को कानुन न्याय तथा मानव अधिकार समितिबाट सर्वसम्मत पारित भएको थियो।

प्रतिनिधि सभाबाट पारित भएको यो विधेयक अब राष्ट्रिय सभामा पेस भई छलफल हुनेछ। त्यहाँबाट पारित भएपछि पुन: प्रतिनिधि सभामा आउँछ र सभामुखले प्रमाणीकरणका लागि राष्ट्रपतिसमक्ष पठाउने व्यवस्था छ।

राष्ट्रपतिबाट अनुमोदन भएपछि यसले कानुनको रूप लिनेछ।

प्रकाशित मिति : बिहीबार, ३१ श्रावण २०८१ १२:०५
प्रतिक्रिया दिनुहोस्
24/7 Live Streamživé statistikyinformazioni Crazy TimeCoin Flip bonusvanliga frågorwatch live statsRoyal Reels mobileWingaga CZ